arrow

कांग्रेसलाई उम्मेदवारको टुंगो लगाउन सकस, कहाँ अड्कियो गाँठो ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ११ आइतबार
nepali-congress-flag-tree00.jpg
तस्बिर– फाइल

काठमाडौं । आजदेखि स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ता शुरु भएको छ । तर नेपाली कांग्रेसले भने अझै उम्मेदवारी टुंगो लगाउन सकेको छैन । महानगरमासमेत आफूले पाएको भागमा कांग्रेसले उम्मेदवारी टुंगो लगाउन नसकेको हो । 

काठमाडौंमा टुंगो लागे पनि विराटनगर र ललितपुर महानगरपालिकाको टुंगो नलागेको हो । यसलाई छिनोफानो गर्न अहिले बिहान ९ बजे बैठक बस्ने नेताहरुले बताएका छन् । उमेदवारको टुंगो लगाउन शनिबार राति बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकमासमेत सहमति नजुटेपछि आजका लागि भाका राखिएको हो । 

विराटनगरमा प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा, डा. शेखर कोइराला र कृष्णप्रसाद सिटौलाले फरक फरक नाम पेश गरेपछि विवाद चर्किएको छ । देउवाले अमृत अर्यालको, कोइरालाले नागेश कोइरालाको र सिटौलाले भीम पराजुली (दोस्रो पटक) को नाम अगाडि सारेका छन् । 

ललितपुरमा संस्थापन पक्ष चिरिबाबु महर्जनलाई दोहोर्‍याउने पक्षमा छ भने शेखर पक्ष प्रेमकृष्ण महर्जनको पक्षमा छ ।

काठमाडौं महानगरमा भने प्रकाशमान सिंहकी पत्नी सिर्जना सिंहलाई उम्मेदवार बनाउने सहमति भएको छ । भरतपुर महानगरको उपमेयरमा चित्रसेन अधिकारीलाई उम्मेदवार बनाउने सहमति भएको छ ।

कांग्रेसले तीन महानगरको मेयर र तीन महानगरको उपमेयरमा भाग पाएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ