कांग्रेसको घोषणापत्र आउँदै, विज्ञको सुझाव समेटेर गगन थापाको टिमले तयार पारेको घोषणापत्रमा के छ विशेष ?
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ११ आइतबार
1.2k
Shares
काठमाडौं । नेपाली कांग्रेसले आज स्थानीय तह निर्वाचन घोषणापत्र सार्वजनिक गर्दैछ । लोकतन्त्रक दिवसको अवसर पारेर कांग्रेसले घोषणापत्र सार्वजनिक गर्ने भएको हो ।
महामन्त्री गगनकुमार थापा संयोजक रहेको स्थानीय तह निर्वाचन, २०७९ घोषणापत्र तयारी समितिले घोषणापत्र तयार गरेको हो । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे घोषणापत्र सार्वजनिक गरिने भएको हो ।
महामन्त्री थापा नेतृत्वको घोषणापत्र तयारी समितिमा यसअघि स्थानीय तहमा अनुभवप्राप्त जनप्रतिनिधिसँगै विकास तथा पूर्वाधार विज्ञ, अर्थ विज्ञलगायत सहभागी थिए ।
घोषणापत्रमा शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षालगातका कार्यक्रमलाई प्राथमिकताका साथ समेटिएको बताइएको छ ।
यसअघि नेकपा एमाले, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, राप्रपा, राप्रपा नेपाललगायत दलले घोषणापत्र सार्वजनिक गरिसकेका छन् ।
आजदेखि उम्मेदवारी दर्ताको समय शुरु भए पनि अहिलेसम्म दलहरु सबैले घोषणापत्र भने सार्वजनिक गरेका छैनन् ।