arrow

नेविसंघ महाधिवेशनः जवरजस्ती भए नयाँ शिराबाट अगाडि बढ्छौं –निलकण्ठ रिजाल

logo
प्रकाशित २०७३ साउन ३१ सोमबार
nilakantha-rijal.jpg.jpeg
काठमाडौं । नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशनमा नयाँ नेतृत्वको लागि मनोनयन दर्ता नेपाली काँग्रेसको पार्टी कार्यालयमा जारी रहँदा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर विद्यार्थी समूह भने दर्ता प्रक्रिया वहिस्कार गर्दै नयाँ शिराबाट अगाडि बढ्ने निष्कर्षमा पुगेको छ । 
 
पार्टी कार्यालयमा मनोनयन भइरहँदा सो समूहले भने नाराबाजी गर्दै पछि थपिएका प्रतिनिधिको विरोध गरेको छ । पछि थपिएका ३०० प्रतिनिधि खारेज नगरे पार्टीले जवरजस्ती गर्न थालेको निर्वाचनमा भाग नलिने अध्यक्षका प्रत्यासी एवं पौडेल समूहका विद्यार्थी नेता निलकण्ठ रिजालले जनाएका छन् । 
 
उनले ‘६४ जिल्लाको विवाद नहुँदा पनि त्यसमासमेत आफूहरुका समर्थकलाई हटाएर टोलेगुण्डा र रिक्सावाल थप्ने काम भएको छ’ भने । 
 
पाँच दिनअघि महाधिवेशन निर्देशन समितिका संयोजक डा. प्रकाशशरण महतले ३४६० प्रतिनिधि रहेको जानकारी दिए पनि अहिले तीन सय थपिएको भन्दै पौडेल पक्षले निर्वाचन बहिस्कार गर्ने चेतावनी दिएको छ । 
 
रिजालले शान्तिपूर्ण रुपले विरोध र नारा लगाउँदा पार्टी कार्यालयलाई ब्यारेक बनाउने काम भएको आरोप लगाउँदै यसको अब पौडेल समूहले मिलेर सामना गर्ने पनि जनाएका छन् । 
 
उनले भने, ‘हाम्रो पक्षमा मात्र अध्यक्ष प्रत्यासी ७ जना छौं, हामीलाई नै बाइपास गरेर अगाडि बढ्न खोजिन्छ भने नयाँ शिराबाटै अगाडि बढ्छौं्र ।’ रिजालको नयाँ शिरा भनेको समानान्तर संघ गठन गर्नु हो । 
 
रिजालले ‘एकथरीका खुट्टा भाँचेर अर्काथरीलाई नेतृत्व सुम्पने काम पार्टीले गर्छ भने त्यहाँ बसिरहनुको अर्थ नभएको’ बताए । 
 
 
अहिलेसम्म स्वतन्त्र उम्मेदवारलेमात्र मनोनयन दर्ता गरिरहेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ