arrow

गुल्मी सभापतिलाई रेसुङ्गाको प्रमुख उम्मेदवार बनाउने कांग्रेसको निर्णय

logo
रमेश विश्वकर्मा,
प्रकाशित २०७९ वैशाख ११ आइतबार
khildhow-panti.PNG

गुल्मी। आशन्न वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनको लागि रेसुङ्गा नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट नेपाली कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीलाई प्रमुख पदको उम्मेदवार बनाउने निर्णय भएको छ । 

नेपाली कांग्रेस रेसुङ्गा नगर कार्यसमितिले नगरपालिकाको प्रमुख पदमा तीन जनाको नाम क्षेत्रीय कार्य समिति र जिल्ला कार्य समितिमा सिफारिस गरेसँगै क्षेत्रबाट आएको राय सहितको सिफारिसलाई जिल्ला कार्यसमितिले पनि जिल्लाको रायसँगै नेपाली कांग्रेसको लुम्बिनी प्रदेश कार्यसमितिमा पठाएको थियो । प्रदेश कार्यसमितिले सभापति पन्थीलाई नेपाली कांग्रेसको तर्फबाट रेसुङ्गा नगरपालिकाको प्रमुख पदको उम्मेदवार बनाउने निर्णय गरेको हो । 

जनताको प्रत्यक्ष जीविकोपार्जन सँग जोडिएर काम गरेका नेताका रूपमा परिचित सभापति पन्थी नगरपालिकाको प्रमुख पदका लागि उम्मेदवार बनेका हुन्। रेसुङ्गा नगरपालिका–५, भुवनपानीका बासिन्दा हुन् । ४६ वर्षीय पन्थी २०४६ सालदेखि निरन्तर नेपाली कांग्रेसको राजनीति गर्दै आएका छन्। झन्डै ९ वर्षसम्म नेपाल तरुण दलको जिल्ला अध्यक्ष एका पन्थी यसअघिको जिल्ला अधिवेशनमा अत्यधिक मतले नेपाली कांग्रेस गुल्मी सभापतिमा विजयी भएका थिए । 

नेपाली कांग्रेसले प्रत्यक्ष जनताको जनजीविकासँग जोडिएर काम गर्ने भएकोले आफू नगरपालिकामा बहुमतका साथ विजयी हुने पन्थीको दाबी छ । उनले सधैँ नेपाली कांग्रेस पार्टी विपन्न, गरिब र दलित समुदायको पार्टी भएको बताउँदै आएका छन् । 

पटक-पटक मन्त्री बन्दा एउटा खोलामा पुल नबनेको गुल्मीमा उनको पहलमा तम्घास-सिमलटारी खण्डको सडकमा पक्की पुल बन्न लागेका छन् । पन्थी आफू सत्ता बाहिर रहेर पनि गुल्मी जिल्लाको विकासमा महत्त्वपूर्ण भूमिका खेलेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ