काठमाडौं। ब्राजिलमा जारी रियो ओलम्पिक अन्तर्गत पदक तालिकामा दोस्रो स्थानमा रहेको चीनलाई बेलायतले तेस्रो स्थानमा झारिदिएको छ। स्वर्ण संङ्ख्या बेलायतको सरह भएपनि रजत पदक कम हुँदा चीन पदक तालिकाको तेस्रो स्थानमा झरेको हो।
चीन र बेलायतको खातामा समान १५ स्वर्ण छ। रजत पदक भने बेलायतको बढी छ। बेलायतको १६ रजत हुँदा चीनको मात्र १३ रजत छ। यसले गर्दा चीन बेलायतभन्दा एक स्थान तल छ।
अमेरिकाले भने पदक तालिकामा २६ स्वर्णसहित आफुलाई शिर्ष स्थानमा यथावत राखेको छ।
यस्तै रूस र जर्मनी पनि पदक तालिकाको क्रमश: चौंथो र पाचौं स्थानमा छ। रूसको ९ स्वर्ण र जर्मनीको ८ स्वर्ण छ। समान ७ स्वर्ण हात पारेपनि पदक तालिकामा फ्रान्स छैठौं, इटाली सातौं र जापान आठौं स्थानमा छ।
यस्तै समान ६ स्वर्णसहित अष्ट्रेलिया र दक्षिण कोरिया क्रमश: नवौं र दशौं स्थानमा छ।
रियो ओलम्पिकमा हालसम्म ६८ मुलुकले पदक हात पारिसकेका छन्। जसमा ४७ मुलुक स्वर्ण जित्नेमा छन्।