arrow

नेपाली कांग्रेसको संकल्पः सबल स्थानीय सरकार, समुन्नत गाउँ, समुन्नत नगर

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ११ आइतबार
congress-ghosana-patra-1221.jpg

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरिरहेको छ । पार्टी मुख्यालय सानेपा वीपीनगरमा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासहित सबैजसो शीर्ष नेताहरु सहभागी उक्त घोषणापत्र सार्वजनिक कार्यक्रममा महामन्त्री गगनकुमार थापाले घोषणापत्रबारे जानकारी दिइरहेका छन् । 

घोषणापत्रलाई कांग्रेसले संकल्प भनेको छ । जसमा कांग्रेसको नारा ‘ नेपाली कांग्रेसको संकल्पः सबल स्थानीय सरकार, समुन्नत गाउँ, समुन्नत नगर’ रहेको छ । 

यसअघि शीर्ष नेताहरुले उक्त घोषणापत्र उद्घाटन गरेका थिए । 

उक्त घोषणापत्र कार्यक्रममा नेता थापाले नेकपा एमालेले भन्दै आएको परमादेशको सरकारको जवाफ दिएका छन् । उनले भनेका छन्, ‘यो परमादेशको सरकार हो भने नेकपा एमाले परमादेशबाट जन्मिएको पार्टी हो ।’

हामी सरकार बनाउँदैनौं भन्दा भन्दै पनि हामीले सरकारको नेतृत्व लिनुपर्यो । यो सरकारको नेतृत्व गर्दा स्थिति के थियो, आर्थिक स्थिति कति अस्थिर थियो सबै बारेमा यसबारे लेखिएको नेता थापाले बताएका छन् । 

नेता थापाले भनेका छन्, ‘हामीले गएको पाँच वर्षको समीक्षा गर्यौं । यो समीक्षापछि हामी गनगन गरेर बस्दैनौं । अब नेपाली नेपाली कांग्रेसले सम्हाल्छ । अबको १० वर्ष समुन्नत नेपालको हो ।’

उनले यो समुन्नत नेपाल के हो र कसरी प्राप्त हुन्छ भनेर १० वर्षे योजनासमेत ल्याएको बताएका छन् । 

उनले भने ‘हामीले घोषणापत्र बनाउँदा त जनतालाई गएर सोध्यौं भने स्थानीय सरकारले पनि जनतालाई सोधर काम गर्नुपर्छ । उनले शिक्षा, स्वास्थ्य, कृषि लगायतका छुट्टाछुट्टै विषय छुट्टाएका छौं ।’

उनले अबको १० वर्षभित्र हरेक क्षेत्रमा के के गर्न सकिन्छ भनेर तयार गरेको बताए । उनले यो बनाउने क्रममा दर्जनौं छलफल गरेको बताए । उनले नेपाल सरकारका विज्ञहरुसँगसमेत छलफल गरेको बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ