arrow

दाहालको कुटनीति : राजदूतहरुसंग दोस्ती

युएई र अस्ट्रेलियाका राजदूत के भने ?

logo
प्रकाशित २०७३ साउन ३१ सोमबार
Dahai-dosti-new.jpg.jpeg
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले कुटनीतिक भेटघाटलाई तीब्रता दिएका छन् । प्रधानमन्त्री निर्वाचित भएको दुई हप्ता वित्न लाग्दा समेत मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेका प्रधानमन्त्री दाहालले सोमबार नेपालका लागि संयुक्त अरब इमिरेट्स युएईका राजदूत साइद हमदान मोहम्मद अल नक्वीसंग भेट गरेका छन्  । 
 
दाहाललाई भेट्न सिंहदरबार पुगेका राजदूत नक्वीले बधाई ज्ञापन गर्दै नेपाल र संयुक्त अरब इमिरेट्सबीच मैत्रीपूर्ण सम्बन्ध रहेको बताए । उनले प्रधानमन्त्री दाहालको कार्यकालमा द्धीपक्षीय सम्बन्ध थप मजबूद हुने विश्वास गरे । 
 
प्रधानमन्त्री दाहालले नेपालको आर्थिक विकास र साझेदारीका लागि संयुक्त अरब इमिरेट्सले गरेको सहयोगको प्रशंसा गर्दै दुई देशबीचको सम्बन्ध थप मजबूद हुने बताए । 
 
प्रधानमन्त्रीले संविधानको कार्यान्वयन, शान्ति प्रक्रियाको पूर्णता, भूकम्पपछिको पूनःनिर्माण, सुशासन र आर्थिक समृद्धि सरकारको प्राथमिकता भएको जानकारी दिँदै दुई देशबीच उच्चस्तरीय भेट वार्ता गरी आर्थिक समृद्धि र विकासका मुद्धाहरुमा साझेदारी हुने विश्वास गरे । 
 
अस्ट्रेलियाका राजदूतले पनि भेटे 
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि अस्ट्रेलियाका राजदूतबीच भेटवार्ता भएको छ ।
 
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार विहान भएको भेटमा राजदूतले प्रधानमन्त्रीलाई बधाई ज्ञापन गरे । भेटमा राजदूतले नयाँ सकारको कार्यकालमा नेपाल र अस्ट्रेलियाबीचको आपसी सम्बन्ध अझ सुदृढ हुने विश्वास गरे । 
 
प्रधानमन्त्री दाहालले नेपालले समावेशी, लोकतान्त्रिक र प्रगतिशील संविधान निर्माण गरेको सुनाउँदै संविधानको स्वीकार्यता बढाएर कार्यान्वयन गर्नेतिर सरकार क्रियाशील भएको जानकारी दिए । 
 
प्रधानमन्त्री दाहालले नेपालको शान्ति प्रक्रिया मौलिक ढंगले समापनको दिशामा रहेको जानकारी दिँदै पुनःनिर्माण र आर्थिक समृद्धिका लागि नेपाल सरकार अस्ट्रेलियासँग सहकार्य गरेर अघि बढ्न ईच्छुक रहेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ