arrow

सीके राउतको पार्टीबाट अनिता बनिन् मेयरको उम्मेदवार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ११ आइतबार
anita-ck-janamat.PNG

जनकपुर । डा. सीके राउत नेतृत्वको जनमत पार्टीबाट जनकपुरधाम उपमहानगरको मेयर पदका लागी अनिता साहले मनोनयन दर्ता गराएकी छिन। 

निर्वाचनमा पहिलो पटक सहभागिता जनाएको जनमतले जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदमा आइतबार साहले उम्मेदवारी समेत दर्ता गराएकी हुन् ।

पार्टीको केन्द्रीय सचिवसमेत रहेकी साहलाई मेयरको उम्मेदवार बनाउन सिफारिस गरिएसँगै उनले उम्मेदवारी दर्ता गराएकी छिन्। 

यसअघि सोमबार जनमत पार्टीले १ सय १० वटा पालिकाको प्रमुख तथा उपप्रमुखको टुङ्गो लगाएको थियो ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा कोठाबाहिर मत खसाउने अभियान नै चलाएको डा. सीके राउतले यस पटक भने जनमत पार्टी नामको दल दर्ता गरी औपचारिक रूपमै निर्वाचनमा सहभागिता जनाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ