arrow

अखिल क्रान्तिकारीले गर्‍यो तीन कलेजमा तोडफोड

logo
प्रकाशित २०७३ साउन ३१ सोमबार
krantikari-news.jpg.jpeg
काठमाडौँ। आफूहरुले गरेको बन्दमा कक्षा सन्चालन गरेको भन्दै काठमाडौँका तीन कलेजमाथि अखिल क्रान्तिकारीले आक्रमण गरेको छ। काठमाडौं मोडेल नर्सिङ कलेज र एसएमएस कलेजले कक्षा र प्रशासन सञ्चालन गरेको भन्दै नेत्र विक्रम चन्द निकट माओवादीको भातृ संस्था अखिल क्रान्तिकारीका कार्यकर्ताले तोडफोड गरेका हुन्। 
 
काठमाडौँ मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालय र सिटिइभिटीबाट सम्बन्धन लिएर कार्यक्रम संचालन गर्दै आएको छ भने एसएमएस कलेज, बनस्थलीले सिटिइभीटीका कार्यक्रम सञ्चालन गरिरहेको छ।
 
त्यसैगरी शंकरापुर एकेडेमी जोरपाटीमा पनि अखिल क्रान्तिकारीका कार्यकर्ताहरुले तोडफोड गरेका छन्। अखिल क्रान्तिकारीका अध्यक्ष पूर्णबहादुर सिंहका अनुसार कलेजले बन्दको अवज्ञा गरेकाले आफ्ना संगठनका कार्यकर्ताहरुले बन्द गराउन खोज्दा तोडफोड भएको दावी गरेका छन्। तोडफोडको क्रममा कलेजका कम्प्युटर, फर्निचर, झ्यालका सिसा पूर्णरुपमा क्षति भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ