arrow

लागुऔषधसहित एकजना पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १२ सोमबार
Pakrau.jpg

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका वडा नं. २१ पार्वती टोलका वर्ष ४३ का प्रकाश दर्जी रहेका छन् ।

वडा प्रहरी कार्यालय गगनगांडा कास्कीबाट खटिएको प्रहरी टोलीले शुक्रबार पोखरा महानगरपालिका वडा नं. ३० पावरहाउसस्थित नारायणगढबाट पोखरातर्फ आउँदै गरेको बसबाट सार्की पक्राउ परेका हुन् ।

दर्जीको साथबाट डाईजापाम-७४ एम्पुल, फेनेरागन-५० एम्पुल र नुर्फिन-४९ एम्पुल गरी जम्मा-१७३ एम्पुल लागुऔषध बरामद भएएको कास्की प्रहरीले जनाएको छ ।

उनलाई कास्की जिल्ला अदालतबाट लागुऔषध सम्बन्धी मुद्दामा ६ दिन  म्याद थप गरी अनुसन्धान प्रकृया अघि बडाइएको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ