arrow

एमालेबाट पोखरा मेयरमा दीपक पौडेलको टिकट खोसेर कृष्ण थापालाई 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १२ सोमबार
uml-sun-election.jpg
फाइल तस्बिर

पोखरा । नेकपा एमालेले पोखरा महानगरपालिकाको मेयरमा दीपक पौडेलको टिकट खोसेर कृष्ण थापालाई दिएको छ । शनिबार पौडेललाई टिकट दिएपछि उनको पुरानो भिडियोहरु शेयर गर्दै चौतर्फी आलोचना र विरोध भएको थियो । 

त्यसमाथि उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र केन्द्रीय सदस्य खगराज अधिकारीको टकरावका कारण कास्की एमाले विभाजित छ । पौडेलले गुरुङ प्यानलबाट टिकट पाएका हुन् । त्यसपछि उनीविरुद्ध प्रहार धेरै भयो । उनले सुन पसलबाट सिक्री चोरेको भिडियो सामाजिक संजालमा भाइरल भएको थियो । 

अन्ततः उनको टिकट फिर्ता लिएर खगराज प्यानलका थापालाई टिकट दिइएको हो । उपमेयरमा भने पुनः मन्जु गुरुङ नै उम्मेद्वार बनेकी छिन् । यसअघि गुरुङले आफू उम्मेद्वार नबन्ने बताए पनि अहिले मौन छिन् ।

उनी राष्ट्रपति विद्यादेवी भण्डारीकी मितिनी हुन् । 

थापा र गुरुङ दुवैजना केन्द्रीय सदस्य हुन् । थापालाई रोक्न पृथ्वीसुब्बाले प्रदेश सरकार आफ्नो बन्ने र त्यहाँ मत नपुग्ने कार्ड फालेका थिए । 

तर उनको कार्ड सफल हुन सकेन । अन्ततः थापालाई टिकट दिइएको छ । थापा २०५४ सालमा पनि पोखराको मेयर भएर काम गरेका ब्यक्ति हुन् । २०७० मा भने कास्की २ बाट चुनावमा पराजित भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ