arrow

काभ्रे बस दुर्घटना : २० बढीको मृत्यु, मृतकको संख्या बढ्न सक्ने [अपडेट]

logo
प्रकाशित २०७३ साउन ३१ सोमबार
accident-@-.jpg.jpeg
काभ्रे । काठमाडौंबाट काभ्रेको काेशीपारी जाँदै गरेकाे यात्रुबस दुर्घटना भएको छ । अरनिको यातायातको बा ३ ख १०६ नम्बरको बस बिर्तादेउराली -७ मा दुर्घटना हुँदा बसमा सवार २० बढीको मृत्यु भएको दुर्घटनास्थल पुगेका प्रहरी नायव उपरीक्षक नविनराज राईले जानकारी दिए ।
 
उनल भने, ‘यकिन भइसकेको छैन । २०  देखि २५ जनाको मृत्यु भएको भन्ने जानकारी आएको छ ।’ दुर्घटनामा ३५ बढी घाइते भएका छन् । घाइते मध्ये अधिकांशको अवस्था जटिल रहेकाले मृतकको संखया बढ्न सक्ने बताइएको छ । 
 
गाडी खहरे भिरबाट डेढ सय मिटर तल खसेकाले बढी मानवीय क्षती भएको हुन सक्ने बताइएको छ । गाडी टुक्रिएको बताइएको छ । दुर्घटनास्थलमा २५ जनाको शव भेटिएको बताइएको छ । 
 
कच्ची बाटोका कारण घाइतेहरुलाई अस्पताल ल्याउन कठिनाइ भइरहेकाले हेलिकोप्टर मगाइएको पनि प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ