arrow

नेविसंघ अध्यक्षमा ३ जनाको मनोनयन दर्ता

logo
प्रकाशित २०७३ साउन ३१ सोमबार
nsuphotospratinidhi.jpg.jpeg
काठमाडौं। नेविसंघको जारी ११ औं महाधिवेशनमा नेतृत्वको लागि हुन लागेको निर्वाचनको मनोनयन दर्ताको लागि समय थप गरिएको छ। काठमाडौंमा जारी महाधिवेशनमा पौडेल पक्षले प्रतिनिधिको नामावलीमा असहमति जनाउँदै मनोनयनको कार्यक्रम बहिस्कार गरेपछि दिउँसो १ बजेसम्मको लागि तोकिएको मनोनयन दर्ताको काम साँझ ६ बजेसम्मको लागि लम्व्याइएको निर्वाचन समितिका सदस्य अरूण कुमार पञ्जियारले जानकारी दिए।
 
काँग्रेस नेताहरूकोबीचमा सहमतिको प्रयास भईरहेकोले समय थप गरिएको उनले जानकारी दिए। दिउँसो साढे २ बजेसम्म अध्यक्ष पदका लागि तीनजनाको उम्मेदवारी परेको छ। जसमा शुभराम बस्नेत, वचन कार्की र नगेन्द्र सिंह ज्ञवालीले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ। त्यस्तै महामन्त्रीमा भने अहिलेसम्म रामेश ज्ञवालीको मात्रै नाम दर्ता भएको पनि समितिले जनाएको छ। अध्यक्ष उपाध्यक्ष र महामन्त्रीका अन्य प्रवल दावेदारको रुपमा चर्चामा रहेका लगभग कसैले पनि उमेद्वारी दर्ता गरिसकेका छैनन्।
 
उता, पौडेल पक्षले भने यस विषयमा सहमति नभएसम्म मनोनयन प्रक्रियामा सहभागी नहुने अडान राख्दै आएको छ। पौडेल पक्षीय नेविसंघ नेता मोती भण्डारीले काठमाडौं उपत्यकाका केही क्याम्पस, पूर्वाञ्चल र पोखरा विश्वविद्यालयबाट ल्याईएको फर्जी मतदाताको विषयमा सहमति नभएसम्म मनोनयनमा सहभागी नहुने अडानमा आफूहरु रहेको बताए। 
 
पार्टी कार्यालयमा करिव ३ सयले मनोनयन दर्ता गरेको र केहि उमेद्वारहरु पनि तयारीमा रहेको बेला पौडेल पक्षीय नेताहरु भने के गर्ने भन्नेमा आन्तरिक छलफलमा रहेका थिए। पौडेल पक्षीय अध्यक्षका आकाँक्षीहरुले निर्देशन  समितिका ससदस्यहरुलाई फोन गरि मनोनयको म्याद बढाउन आग्रह गरेका थिए। तर ति आकाँक्षीहरुलाई समितिका सदस्यहरुले बरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेर बहादुर देउवासँग कुरा गरेर आफूहरुलाई निर्देशन दिए मात्र समितिका संयोजक प्रकाशशरण महतले मनोनयनको म्याद बढाउन सक्ने जवाफ दिएपछि उनीहरुरुले पौडेललाई देउवासँग कुरा गराउन लगाएका थिए। 
 
उनीहरुबीच भएको कुराकानीमा मंगलवार बिहान ७ बजे सम्म उमेदवारी दर्ताको म्याद बढाउने र पर्सि निर्वाचन हुने गरि प्रतिनिधि विवादलाई मिलाउने सहमति भएको पौडेल पक्षीय विद्यार्थीहरुले जनाएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ