arrow

बागलुङमा वडा तहसम्मै गठबन्धन, एमालेले टुङ्ग्यायो उम्मेदवार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १२ सोमबार
five-partise=2079-election.jpg


गलकोट । बागलुङमा पाँच दलीय गठबन्धन मिलेर जाने सहमति भएको छ । लामो समयको छलफल र कसरतपछि गठबन्धनको भागबन्डा टुङ्ग््याइएको छ । स्थानीयतहदेखि जिल्ला समन्वय समितिसम्म दलहरुले भागबन्डा मिलाएका छन् । लगातार चार दिनसम्म भएको छलफलबाट जिल्ला समन्वय प्रमुख राष्ट्रिय जनमोर्चा र उपप्रमुख नेकपा (एकीकृत समाजवादी)लाई दिने सहमति समेत भएको छ । 
    
बागलुङका चार नगरपालिकामध्ये बागलुङ नगरपालिका र गलकोट नगरपालिकामा प्रमुख नेपाली कांग्रेस, जैमिनी नगरपालिकामा प्रमुख राजमो र ढोरपाटन नगरपालिकाको प्रमुख माओवादी केन्द्रलाई दिने सहमति भएको छ । 

यस्तै छ गाउँपालिकामध्ये काठेखोला, बडिगाड, निसी र तमानखोलाको अध्यक्ष नेपाली कांग्रेस, ताराखोलाको अध्यक्ष माओवादी केन्द्र र बरेङको अध्यक्ष राजमोले पाउने सहमति भएको छ । गठबन्धनले उपप्रमुख तथा उपाध्यक्ष बागलुङ नगरपालिका, गलकोट नगरपालिका, निसिखोला गाउँपालिकामा माओवादी केन्द्र, जैमिनी नगरपालिका र काठेखोला गाउँपालिकाकामा राष्ट्रिय जनमोर्चा, जैमिनी नगरपालिका, ताराखोला गाउँपालिका र बरेङ गाउँपालिकामा नेपाली कांग्रेस र तमानखोला नेकपा (एकीकृत समाजवादी)ले पाउने भएका छन् ।

एमालेले १० वटै पालिकामा टुङ्ग्यायो उम्मेदवार
नेकपा (एमाले)ले बागलुङका १० पालिकामै उम्मेदवारको टुङ्गो लगाएको छ । पाँच पालिकामा यसअघि नै उम्मेदवार टुङ्ग्याएको एमालेले थप पाँच पालिकामा उम्मेदवारको टुङ्गो लगाएको हो । एमाले गण्डकी प्रदेशको निर्णयानुसार बागलुङ नगरपालिकाको नगरप्रमुखमा जनकराज पौडेललाई दोहोर्‍याउने निर्णय गरिएको छ । बागलुङ नगरको उप प्रमुखमा पवित्रा रोकाले टिकट पाएकी छन्। जनकराज पौडेल यसअघि बागलुङको नगर प्रमुखसमेत थिए।

यस्तै एमालेले काठेखोला गाउँपालिकाको अध्यक्षमा डिलबहादुर कार्की र उपाध्यक्षमा कोपिला पुन, बडिगाड गाउँपालिकाको अध्यक्षमा राजन पाइजा र उपाध्यक्षमा मीना रायमाझी, बरेङ उपपालिकाको अध्यक्षमा प्रदीप थापा र उपाध्यक्षमा दुर्गा कार्कीलाईलाई टिकट दिएको छ ।

यस्तै ढोरपाटन नगरपालिकामा देवकुमार नेपालीलाइै एसअघिनै टिकट दिइसकेको थियो भने करमती पुनलाई एमालेले पुन ढोरपाटनको उपप्रमुख बनाउन टिकट दिएको छ । यसअघिनै बागलुङको तमानखोला गाउँपालिका अध्यक्षमा देवेन्द्र छन्त्याल र उपाध्यक्षमा टेकमति विक, ढोरपाटन नगरपालिका प्रमुखमा देवबहादुर नेपाली, ताराखोला गाउँपालिका अध्यक्षमा ऋषिराम रोका र उपाध्यक्षमा थममाया घर्ती, गलकोट नगरपालिका प्रमुखमा पूर्ण काउछा र उपप्रमुखमा रुपा विक तथा जैमिनी नगरपालिका प्रमुखमा लीला राना र उपाध्यक्षमा यमुना शर्माले टिकट पाएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ