arrow

यसरी टुक्रा–टुक्रा भयो काभ्रेको खहरेभिरमा खसेको बस

logo
प्रकाशित २०७३ साउन ३१ सोमबार
accdent-kavre-birtadeurali.jpg.jpeg
काभ्रे। काठमाडौंबाट काभ्रेको कोशीपारी जाँदै गरेको यात्रुबस दुर्घटनामा २६ जनाको मृत्यु भएको छ। अरनिको यातायातको बा ३ ख १०६ नम्बरको बस बिर्तादेउराली –९ खहरेभिरमा दुर्घटना हुँदा बसमा सवार २६ जनाकाे मृत्यु भएको दुर्घटनास्थल पुगेका प्रहरी नायव उपरीक्षक नविनराज राईले जानकारी दिए।
 
यद्यपि, घटना स्थलमा २५ जनाको शव संकलन भएको बताइएको छ । बसमा ५० बढी यात्रु रहेका बताइएको छ। दिउँसो साढे १ बजे बस खहरे भिरबाट खस्दा टुक्रा टुक्रा भएको थियो । नजिकै रहेको स्कुलका विद्यार्थी र स्थानीयले प्रहरीलाई उद्धारमा सघाएका छन्। 
 
अस्थायी हेलिप्याड बनाएर हेलिकोप्टर मार्फत घाइतेलाई उपचारका लागि लैजाने प्रयास भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनास्थलमा प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक लगायत सुरक्षा अधिकारीहरु समेत पुगेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ