arrow

आफ्नै श्रीमतीको हत्या गर्ने दुई जना पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १२ सोमबार
nepal-police12.jpg

काठमाडौं । आफ्नै श्रीमतीको हत्या गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४२ वर्षीय प्रवीण चौधरी र पवन सोनी रहेका छन् । 

३० वर्षीया अस्मिता चौधरीको हत्या गरेको आरोपमा ४२ वर्षीय चौधरीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । भने २८ वर्षीया दिया शर्माको हत्या गरेको अभियोगमा ३० वर्षीय सोनीलाई आइतबार राति नै प्रहरीले पक्राउ गरेको छ । 

चौधरीले आफ्नै श्रीमतीलाई सुतिरहेको अवस्थामा शरीरमा तारपिन नामक तेल खन्याई आगो लगाई घाइते बनाएका थिए । स्थानीय मानिसहरूले फेला पारी घाइतेलाई उपचारको लागि शुस्मा मेमोरियल अस्पताल साँखु लगेकोमा उपचारको क्रममा मृत्यु भएको थियो । 

प्रवीणले घरायसी विवादको कारण सुत्ने कोठामा घाँटी थिची हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय फापरबारी र अस्थायी प्रहरी पोष्ट गरगरेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ