arrow

'हामी दुई भाइले जित्छौँ, नेपालगन्ज बनाउँछौँ'

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १२ सोमबार
daju-bhai.PNG

नेपालगन्ज । नेपालगन्जमा सत्तारुढ दलहरू बीच चुनावी गठबन्धन छ । कांग्रेसलाई मेयर र जसपालाई उपमेयर भाग परेपछि कांग्रेसले मेयरमा नगर सभापति प्रशान्त विष्ट र जसपाले उपमेयरमा बाँके अध्यक्ष कमरुद्दिन राईलाई उम्मेदवार बनायो । 

दुबै जना आ-आफ्नो पार्टी कार्यालयबाट उम्मेदवारी दर्ताका लागि दलबलसहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगे । मनोनयन दर्ता स्थलमा एक अर्कालाई भेटेपछि दुवैले हार्दिकता साटे र संयुक्त स्वरमा मेयर उपमेयर जित्ने उद्घोष गरे । 

'संविधान र लोकतन्त्र रक्षाका लागि सत्तारुढ दलहरुबीच गठबन्धन बनेको छ, हामी यहाँ मेयर उपमेयर उठेका छौं, हामी दुई भाइले जितेर अब नेपालगन्ज बनाउँछौँ,' विष्ट र राईले भने । नेपालगन्जलाई विकसित र समृद्ध बनाउने योजनासहित आफूहरू अघि बढ्ने दुवैले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ