arrow

दार्चुलामा एमाले कार्यकर्ता बोकेको बसको ठक्करबाट बालकको मृत्यु, बसमा आगजनी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १२ सोमबार
uml-flags.jpg

दार्चुला । दार्चुलामा सोमवार बसको ठक्करबाट ६ वर्षीय बालकको मृत्यु भएको छ । 

शैल्यशखिर नगरपालिका-२ रतौडामा महाकाली यातायातको ना ५ ख १८०८ नम्बरको बसले ठक्कर दिँदा ६ वर्षीय अमृत कपाडीको मृत्यु भएको प्रहरीले जनाएको छ । 

बालकको मृत्यु भएपछि स्थानीयले बसमा आगजनी गरेका छन् । 

सो बस नेकपा एमालेका कार्यकर्तालाई रतौडमा छोड्न गएको बताइएको छ । 


घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ