arrow

बैतडी बस दुर्घटना : गर्भवतीसहित पाँचको मृत्यु

logo
प्रकाशित २०७३ साउन ३१ सोमबार
accident-@-.jpg.jpeg
बैतडी । बैतडीमा आज दिउँसो बस दुर्घटना हुँदा गर्भवती महिलासहित पाँचजनाको मृत्यु भएको छ । 
 
धनगढीबाट बझाङ जाँदै गरेको सुदूरपश्चिम यातायातको ना५ख २८३२ नंको बस आज दिउँसो ३ बजे जयपृथ्वी राजमार्गअन्तर्गत बैतडीको सिद्धेश्वर–३ बिन्द्रावननजिक दुर्घटनामा परेको हो । मृत्यु हुनेको सनाखत गर्ने प्रयास भइरहेको घटनास्थलबाट प्रहरी नायब निरीक्षक रुपसिंह थापाले  जानकारी दिए । 
 
बस सडकबाट करिब ५०० मिटर तल खसेको बताइएको छ । दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने प्रहरीले बताएको छ । घटनास्थलमा खोड्पे प्रहरीचौकीबाट गएको प्रहरी टोलीले उद्घार गरिरहेको छ । घटनाको थप विवरण आउन बाँकी छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ