arrow

बैतडी बस दुर्घटनामा मृत्यु हुने गर्भवतीसहित दुईको पहिचान खुल्यो

logo
प्रकाशित २०७३ साउन ३१ सोमबार
baitadi-durghatana-new.JPG.jpeg
बैतडी । जयपृथ्वी राजमार्गमा यात्रु बस दुर्घटना भएको छ । धनगढीबाट बझाङतर्फ गईरहेको यात्रुबहाक बस दुर्घटना भएको हो । सुदुरपश्चिम यातायातको ना ५ ख २८३२ नम्बरको बस बैतडीको सिद्वेश्वर–३ विन्द्रावनको ज्यापु भिरमा दुर्घटना भएको हो । 
 
दुर्घटना परी ३ जनाको मृत्य भएको छ, भने ३० बढी घाईते भएका छन । मृत्यु हुनेमा बझाङ कोटभैरव गाविसकी अन्दाजी ५० वर्षीया पुनी कडायत र बझाङ देउलेखकी गर्भवती महिला नानु खडकाको पहिचान भएको छ । अर्का एक पुरुषको अझै नाम खुल्न सकेको छैन । 
 
घटनास्थलमा प्रहरी र स्थानीय वासीले घाइतेहरुलाई उद्वार गरेका छन् । सख्त घाइतेलाई उपचारका लागि उपक्षेत्रीय अस्पताल डडेल्धुरामा ल्याइएको प्रहरीले जनाएको छ । बस भिरबाट करीब सय मिटर तल खसेको हो । घटनाको पूर्ण विवरण अझै आउन बाँकी छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ