arrow

लागूऔषधसहित पोखराका दुई युवक पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १३ मंगलबार
pakrau9.jpg

स्याङ्जा । स्याङ्जामा अवैध लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कास्की पोखरा महानगरपालिका वडा नं. १२ का २० वर्षीय अभिषेक सुनार र सोही महानगरपालिका-१३ बस्ने १९ वर्षीय विमल थापा रहेका छन् ।

गल्याङ नगरपालिका-१ राम्दीबाट नियन्त्रित लागूऔषध फेनारगन २२ एम्पुल, नुर्फिन २१ एम्पुल डाइजेपाम २१ एम्पुल र २ थान सिरिञ्जसहित उनीहरू पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बुटवलबाट पोखरातर्फ आउँदै गरेको ना४ख ३८९४ नम्बरको बसलाई राम्दी चेक पोइन्टमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ