arrow

शताब्दीपुरुषसँग आशीर्वाद लिएर पन्थीले शुरु गरे घरदैलो अभियान

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १३ मंगलबार
panthi-prachar.PNG

गुल्मी ।  रेसुङ्गा नगरपालिका प्रमुखका उम्मेदवार नेपाली कांग्रेस गुल्मीमा सभापति खिलध्वज पन्थीले शताब्दी पुरुषसँग आशीर्वाद लिएर घरदैलो अभियान शुरु गरेका छन् । सोमबार रेसुङ्गा नगरपालिकाको प्रमुखमा मनोनयन दर्ता गरेपछि कांग्रेस गुल्मीमा सभापति पन्थीले मङ्गलवारदेखि शताब्दी पुरुषको आशीर्वाद लिएर घरदैलो अभियान शुरु गरेका हुन् । 

रेसुङ्गा नगरपालिका वडा नम्बर ९ निवासी १ सय २ वर्षीय परशुराम पन्थी उपाध्यायसँग आशीर्वाद लिएर घरदैलो अभियान शुरु भएको नेपाली कांग्रेस रेसुङ्गा नगर कार्यसमितिले जनाएको छ । शताब्दी पुरुषको आशीर्वाद लिएर आफू घरदैलो अभियानमा लागेकोले नगरपालिकाको प्रमुखमा अत्यधिक मतले विजयी हुने उम्मेदवार नेपाली कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले दाबी गरे ।

वि.सं. २०१६ मा वीपी कोइराला गुल्मी आउँदा परशुराम पन्थी उपाध्यायको घरमा बसेको, उपाध्याय अहिले १ सय २ वर्ष पुगेको र नगरपालिकामा सबैभन्दा ज्येष्ठ नागरिक उपाध्याय भएकोले आफुले घरदैलो अभियान शुरु गर्दा शताब्दी पुरुष उपाध्यायसँग आशीर्वाद लिएको नगरपालिका प्रमुखका उम्मेदवार पन्थीले बताए ।  उनी अब नगरपालिकाका सबै वडा र टोल टोलमा घरदैलो कार्यक्रमका लागि पुग्ने छन् । 

आशीर्वाद लिन नेपाली कांग्रेसको तर्फबाट नगरपालिका प्रमुखका उम्मेदवार खिलध्वज पन्थी, उपप्रमुखका उम्मेदवार अमृतादेवी कुँवर, वडा नम्बर ९ बाट वडाध्यक्षका उम्मेदवार कृष्णप्रसाद पाण्डे, सदस्यहरू चेतनारायण पन्थी, सिर्जना बराल, गङ्गादेवी पाण्डे र माया सुनार पुगेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ