arrow

ट्रक चालक कुट्ने मगर पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १३ मंगलबार
min bahadur.jpg

पोखरा । पोखरामा ट्रक चालक कुट्नेलाई कास्की प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा म्याग्दी घर भइ हाल पोखरा १९ लामाचौर बस्ने वर्ष ४३ का मीनबहादुर मगर रहेका छन् ।

वैशाख १० गते पोखरा महानगरपालिका वडा नं.५ फिर्के पुलस्थित पोखरा बाग्लुङ सडक खण्डमा सवारी दुर्घटना पश्चात मगरले एक ट्रक चालकलाई निर्घात कुटपिट गरेका थिए । 
मीनबहादुरले ट्रक चालकलाई कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । 

प्रहरीले मगरलाई नियन्त्रणमा लिएर कास्की शान्ति सुव्यवस्था तथा नैतिकता विरुद्धको कसुर अन्तर्गत अभद्र व्यवहार मुद्दामा जिल्ला अदालतबाट १० दिन म्याद लिएर अनुसन्धान शुरु गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ