arrow

गाँजा फडानी गर्दै प्रहरी

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७३ साउन ३१ सोमबार
gajasyanja.jpg.jpeg
स्याङ्जा ।  जिल्ला प्रहरी कार्यालय स्याङ्जाले ग्रामिण क्षेत्रमा अवैधरुपमा हुर्काइएका गाँजाको वोटहरु फडानी गर्ने कामलाई तिब्रता दिएको छ । ग्रामिण क्षेत्रबाट गाँजा सप्लाई हुने थाहा पाएपछि प्रहरीले गाँजा फडाननीलाई तिब्रता दिएको हो । ४ नगरपालिका र ५३ गाविस रहेको स्याङ्जामा आफ्ना मातहतमा रहेका प्रहरी चौकीहरु मार्फत गाँजा फडानी कार्य भइरहेको प्रहरीले जनाएको छ । 
 
वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरिक्षक उत्तमप्रकाश वरालको कमाण्डमा खटिएको प्रहरी टोलीले वालिङ नगरपालिका र आसपासका गाविसहरुमा गाँजा फडानी गरेको छ । अहिले सम्म प्रहरीले विभिन्न गाविस र नगरपालिकामा गरी ३ हजार भन्दा बढी गाँजाका वोटहरु काटिएको प्रहरी निरिक्षक बरालले बताए । 
 
पशुचौपाय विरामी हुदा गाँजा खुवाउदा ठिक हुने भएर गाँजाको वोट हुर्काएको स्थानीयले बताएका छन् । यस विषयमा भने प्रहरीले पशुचौपायका लागि भनेर बहाना मात्रै बनाएको जिकिर गर्दै गाँजाका वोट राख्नु र हुर्काउनु अवैध भएकोले काटिएको जनाएको छ ।
 
जिल्लामा व्यवसायीक रुपले गाँजा खेती नगरिएको भएपनि हरेक घरधुरीमा गाँजाका बोटहरु रहेको प्रहरीले जनाएको छ । ग्रामिण क्षेत्रमा पालिएका गाँजाका कारण दिनहुँ लागुऔषध दुव्यसनी बढीरहेको प्रहरीको तथ्याङकमा देखिएपछि यस कार्यलाई प्रहरीले तिब्रता दिएको हो । आफ्ना घरमा गाँजाका वोटहरु नहुर्काउन र नपाल्न हरेक विद्यालयमा समेत सचेतना कार्यक्रम गर्दै आएको छ । 
 
जसका कारण विद्यार्थीहरुले नै फोन गरेर गाँजा भएको स्थानहरुको ठाँउ बताईदिने गरेको प्रहरी निरिक्षक बरालको भनाई छ । स्याङ्जालाई गाँजा मुक्त जिल्ला बनाउने अभियान समेत प्रहरीले गरेको छ । जसका कारण लागुऔषध दुव्यसनीमा समेत कमी आउने अनुमान प्रहरीको छ । तराई पहाड जोड्ने सिद्धार्थ राजमार्ग प्रयोग गरी लागुऔषध ओसार पसार हुने गरेको प्रहरीले जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ