arrow

जनताका समस्या सुन्ने रामजी कांग्रेसबाट काठमाडौं ९ का उम्मेदवार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १४ बुधबार
ramji-bhandari.PNG

काठमाडौं । जनताको गुनासो सुनेर तत्काल हल गर्न तत्पर रहने रामजी भण्डारी काठमाडौं महानगरपालिका वडा नम्बर ९ मा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका छन् । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि वडा नम्बर ९ मा नेपाली कांग्रेसबाट वडाध्यक्ष पदको लागि भण्डारीले उम्मेदवारी दर्ता गरेका छन्।

पूर्व जनप्रतिनिधि रहेका भण्डारीले टोल टोलमा पुगेर जताका समस्याहरू सोधेर हल खोज्ने गरेका छन् । गठबन्धनका साझा उम्मेदवार भण्डारीको उम्मेदवारीमा माओवादी केन्द्र लगायत गठबन्धनका स्थानीय नेता कार्यकर्ता निर्वाचन कार्यालय सभागृहमा पुगेका थिए । 

भण्डारीले आफूलाई जनताको सेवक रहेको बताउँदै आएका छन् । उम्मेदवारी दर्तापछि उनले भने,'म वडावासीको साझा सेवक बन्न जाँदै छु । त्यसको वडावासीको सहयोग पुग्छ भन्ने अपेक्षा लिएको छु ।' गौशाला देखी सिनामंगल उनको क्षेत्र हो । वडा नम्बर ९ का जनताको समस्याहरू उनले सुनेर काम गर्ने गरेका छन् । 

भण्डारीको नेविसंघमा २०४३ देखी सक्रिय सहभागिता रहेको थियो । उनी २०४६ सालमा काठमाडौंको टुकुचा बारिबाट युवा समूहको नेतृत्व गरी प्रजातन्त्र पुनर्स्थापना पछि स्थानीय निर्वाचनमा काठमाडौ ९ वडाको सदस्य निर्वाचित भएका थिए । 

दोस्रो स्थानीय निर्वाचनमा पनि अत्यधिक मतले वडा सदस्यमा विजय भएका उनी पार्टीको जिल्ला स्तरीय हैसियत कायम राख्ने लोकप्रिय नेता मानिन्छन् ।

जनता र वडावासीहरूसँग निकै घुलमिल हुनसक्ने छवि बनाएका भण्डारी भन्छन् - 'कुनै पनि काम गर्न दृढ इच्छाशक्ति र सङ्कल्प भयो भने जुनसुकै ठाउँ र जस्तोसुकै अवस्थामा पनि काम गरेर जनताको मनमा बस्न सकिन्छ । मेरो उम्मेदवारीको मुख्य एजेन्डा भनेकै मेरो वडावासीहरूको हित र वडाको प्रगति हो । फोहोर व्यवस्थापन, प्रविधियुक्त हाई टेक विकास योजना जस्तै जनतालाई प्रत्यक्ष अप्रत्यक्ष रूपमा असर गर्ने कुराहरूमा मेरो ध्यान केन्द्रित हुने छ ।'

वडावासीहरूसँग उनको बारेमा बुझ्दा भन्छन् - 'जनताको समस्या बुझ्ने व्यक्ति वडाध्यक्षमा उठ्दा निकै खुसी छौँ । उनीसँग जोस,जाँगर र इच्छाशक्ति मात्र होइन,सिंगो वडाको सुनौलो भविष्यको खाका समेत छ ।'

वडाध्यक्ष पदको उम्मेदवार भण्डारी सहित कांग्रेसका ४ जना सदस्यहरू रोम बहादुर खड्का, सन्तोष गिरी, द्रोण खड्का, गीता मंगरातीले उम्मेदवारी दर्ता गरेका हुन् ।

एमालेबाट भने पुरानै वडाध्यक्ष सहितको प्यानल चुनावमा होमिँदै छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ