arrow

नेविसंघमा नैनसिंह महर, सरोज थापा र कुन्दन काफ्लेको संयुक्त प्यानल

जितजंग बस्नेतको समर्थन

logo
प्रकाशित २०७३ साउन ३१ सोमबार
mahar-thapa-kafle.jpg.jpeg
काठमाडौं। नेपाल बिद्यार्थी संघको बुधवार हुने निर्वाचनमा पार्टी सभापति शेर बहादुर देउवा र नेता कृष्ण प्रसाद सिटौला समुहका तर्फबाट अध्यक्षमा नैनसिंह महर उठ्ने पक्का भएको छ।  पदाधिकारीहरुमध्ये प्रभावशाली मानिने महामन्त्रीमा अध्यक्षका आकाँक्षीहरु सरोज थापा र कुन्दन काफ्ले उमेद्वार हुने भएका छन्। यो समुहलाई देउवा तथा काँग्रेस नेता गगन थापा र प्रदिप पौडेलको संयुक्त प्यानलको रुपमा पनि अर्थ्याइएको छ। 
 
नेविसंघका नेता ऋषिकेश शाहका अनुसार नेविसंघको ११ औ महाधिवेशनको लागी देशभरका लोकप्रिय साथीहरुको समुह बनाउन सकेको बताएका छन्। यो समुह बन्नुअघी देउवा र सिटौला सहित सिटौला समुहका तर्फबाट नेता गगन थापा र प्रदिप पौडेलहरुले पटकपटक घनिभुत छलफल गरेका थिए। बताइए अनुसार नेविसंघ पदाधिकारीहरुमा दुवै समुहले सम्मानजनक साझेदारी गरेका छन्।  महिला उपाध्यक्षमा कृष्णकुमारी बस्नेत र मधेशी उपाध्यक्षमा परमेश्वर साह पनि नैनसिंह महरको प्यानलबाट उमेद्वार भएका छन्। 
 
नैनसिंह महरको अध्यक्षतामा सरोज थापा र कुन्दन काफ़्ले २ जना महामन्त्रीको नेतृत्व सहितक़ो संयुक्त प्यानल बनाएको र सो प्यानललाई बिध्यार्थी नेता एवं अध्यक्षका उमेदवार जितजंग बस्नेतको समेत समर्थन रहेको बताइएको छ। अध्यक्ष र महामन्त्रीका उमेद्वारले सोमबार साँझ मनोनयन गरेका छन्। 
 
सोमबार साँझ ६ वजेसम्म विभिन्न पदहरुमा ३ सय ९० जनाको उमेद्वारी परेको निर्वाचन समितिका सदस्य अरुण पञ्जियारले जानकारी दिए। त्यस्तै कोषाध्यक्षमा ४ जनाको नाम दर्ता भएको पनि निर्वाचन समिति सदस्य पञ्जियारले जानकारी दिए। कोषाध्यक्षमा उम्मेदवारी दिनेमा अञ्जना अर्याल, केदार खनाल र उमेश भट्टराई छन्।
 
मंगवलार ८ देखि ११ वजेसम्म उमेद्वारी मनोनयको समय थपिएको छ। पार्टी सभापति देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलबीच भएको दुई वुँदे सहमति अनुसार विवाद मिलाउन काठमाडौंमा थपिएका प्रतिनिधीहरुलाई सम्वन्धित जिल्लामा सार्नेगरि सहमति भएको छ। मंगलवार प्रक्रिया पुरा गरि बुधवार चुनाव हुने बताइएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ