arrow

काभ्रे बस दुर्घटना : २६ को मृत्यु भएको पुष्टी, घाइतेलाई सेनाको हेलिकोप्टरले काठमाडौं ल्यायो

logo
प्रकाशित २०७३ साउन ३१ सोमबार
accdent-kavre-birtadeurali.jpg.jpeg
काभ्रे । काभ्रेको बिर्तादेउरालीमा सोमबार दिउँसो भएको यात्रुबहाक बस दुर्घटनामा  २६ जनाको मृत्यु भएको पुष्टी भएको छ । २५ जनाको घटनास्थलमै र घाइते रमेश गौतमको उपचारका लागि त्रिवि शिक्षण अस्पताल काठमाडौं ल्याएपछि मृत्यु भएको हो । मृतक सबैको सनाखत हुन सकेको छैन । 
 
काठमाडौंबाट दोलालघाटको मादनकुदारीतर्फ जाँदै गरेको बा ३ ख १०६ नम्बरको यात्रुबाहक बस बिर्तादेउरालीस्थित खहरेखोलामा दुर्घटनाग्रस्त भएको हो । बस खहरेखोलानजिकैको डाँडाबाट करिब डेढ सय मिटर तल खसेर क्षत–विक्षत भएको छ । घटनास्थल पुगेका काभ्रे प्रहरी प्रमुख एवं एसपी राजेशनाथ बास्तोलाले दुर्घटनामा २६ जनाको मृत्यु भएको बताए । 
 
३९ घाइते मध्ये २६ जनालाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं र अन्यलाई एम्बुलेन्सबाट धुलिखेल अस्पताल लगिएको छ ।  घाइते केहीको काठमाडौंको त्रिवि शिक्षण अस्पताल र केहीको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
एसपी बास्तोलाका अनुसार शवहरु भिरमा छरिएका थिए । यस्तै, कतिपयले भूकम्पले भत्काएको आवास पुनःनिर्माण सम्झौतापत्र झोलामा बोकेकाले ती काकजात समेत छरपस्ट भए । 
 
घटना लगत्तै प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थी र जिल्ला प्रहरी प्रमुख बास्तोला घटनास्थल पुगेका थिए । सडक बाटो हुँदै जान ढिलाई र कठिनाई हुने भए पनि अधिकांश घाइतेको उद्धार नेपाली सेनाको हेलिकोप्टरले गरेको थियो । 
 
 
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ