arrow

पारस खड्काको अलराउण्ड प्रदर्शनले नेपाल बिजयी

logo
प्रकाशित २०७३ साउन ३१ सोमबार
Capture-2.JPG.jpeg
काठमाडौं। नेपालले आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसीपको दोस्रो खेलमा नेदरल्याण्डलाई १९ रनले पराजित गरेको छ। 
 
कप्तान पारस खड्काको अलराऊण्ड प्रदर्शनले नेपालले नेदरल्याण्डलाई पराजित गरेको हो। पारसले ब्याटीङ गर्दा ८४ रन बनाएका थिए भने नेदरल्याण्डका ओपनर स्टेफन माइबर्ग र वेस्ले वारेसीलाई आउट गरेका थिए। 
 
नेपालले दिएको २१९ रनको लक्ष्य पिछा गरेको नेदरल्याण्ड ४८.३ ओबरमा सबै विकेट गुमाउँदै १९८ रनमा समेटिएको थियो। नेपालकालागि सोमपाल कामी र बसन्त रेग्मीले २-२ विकेट लिएका थिए। त्यसैगरि शक्ती गौचन, सन्दिप लामिछाने र सागर पुनले १-१ विकेट हात पारेका थिए। अन्तिम विकेट नेपालले  रनआउट गरेको थियो। 
 
नेदरल्याण्डकालागि रोएलोफ भान डर मर्वले सार्वाधीक ५६ रन बनाएका थिए भने टिम ग्रुईत्जर्सले ४४ रनको योगदान दिएका थिए। 
 
कप्तान पारस खड्काको ८४ रनको मद्दतले नेपालले आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसीपको दोस्रो खेलमा नेदरल्याण्ड्ससामु २१८ रनको चुनौती पेश गरेको थियो । 
 
नेदरल्याण्ड्सको भीआरए ग्राउण्ड एम्स्टेल्भिनमा नेपाली समय अनुसार २:४५ बजे सुरू भएको खेलमा नेदरल्याण्ड्सले टस जितेपछि नेपालले पहिले ब्याटिङ गरेको थियो । 
 
नेपालले निर्धारित ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा २१७ रन बनाएको थियो । नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक ८४ रनको योगदान गरे । ९४ बल खर्चिएर १ छक्का र ७ चौका प्रहार गरेका थिए । 
 
कप्तान खड्काले सागर पुनसँग ११८ रनको साँझेदारी गरे । खड्का असन मलिकको बलमा भान डर मरवीको क्याच फन्दामा परे । 
 
क्रिजमा कप्तान खड्कालाई राम्रो साथ दिएका सागर पुनले ४५ रनको योगदान गरेका थिए । ७८ बल खर्चिएका पुनले २ चौंका हानेका थिए भने उपकप्तान ज्ञानेन्द्र मल्लले पनि ३९ रनको योगदान गरेका थिए । मल्लले ५२ बल सामना गर्दै १ छक्का र १ चौका प्रहार गरेका थिए । 
 
शरद भेषावकर, अनिल मण्डलले भने दोहोरो अंक जोड्न सकेनन् । भेषाकरले ६ र मण्डलले ४ रन बनाए । राजु रिजाल भने रनको खाता नखोली पभेलियन फर्किए । 
 
नेदरल्याण्ड्सका लागि एमजेजी रिप्पनले २ विकेट लिएका थिए ।  
 
यसअघि शनिबार भएको पहिलो खेलमा नेपालले ७ विकेटको लज्जास्पद हार बेहोरेको थियो । ३८.१ ओभर क्रिजमा टिकेको नेपाली टोली ९४ रनमै अलआउट भएको थियो । पाएको ९५ रनको सहज चुनौती नेदरल्याण्ड्सले मात्र ३ विकेटको नोक्सानीमा १६.५ ओभरमै भेट्टायो ।  
 
 
 



नयाँ