arrow

उम्मेदवारले मन्दिरमा खाए किरिया

logo
सुनिल आउजि,
प्रकाशित २०७९ वैशाख १५ बिहिबार
ummedwar-kiriya.jpg

धनगढी। स्वतन्त्र उम्मेदवारी दिएका व्यवसायी गोपाल हमालले आफूले चुनाव जिते एक रुपैयाँ पनि भ्रष्टाचार नगर्ने भन्दै मन्दिरमा किरिया खाएका छन् ।

आज बिहीबार धनगढी उपमहानगरपालिका वडा नम्बर १६ मा रहेको प्रसिद्ध बेहडाबाबा मन्दिरमा गएर आफूले नगरप्रमुखमा जिते एक रुपैयाँ पनि भ्रष्टाचार नगर्ने भन्दै क्रिया खाएका हुन् ।

आफूलाई धनगढीले सब थोक दिएको त्यसको बदलामा आफूले धनगढीलाई केही गर्नुपर्छ भनेर गुन तिर्न नगरप्रमुखमा उम्मेदवारी दिएको हमालले बताए । हमालले यसअघि नगरप्रमुखमा जिते नगरपालिकाबाट कुनै पनि सेवा सुविधा नलिने घोषणा गरिसकेका छन् ।

आफ्नो विषयमा विपक्षले बजारमा अनेकन हल्ला खास गरी हमालले जिते लाख होइन सिधै करोडौँ भ्रष्टाचार गर्छ भनेर अफवाह फैलाएपछि आफूले आस्था राख्ने मन्दिरमा आएर सार्वजनिक रूपमा एक रुपैयाँ पनि भ्रष्टाचार नगर्ने कसम (क्रिया) खाएको हमालको भनाइ छ ।

हमाल यसअघि २०७४ को स्थानीय चुनावमा पनि स्वतन्त्रबाट धनगढीको नगरप्रमुखमा उम्मेदवारी दिएर झिनो मतले पराजित भएका थिए । हमाल सफल व्यवसायी तथा सुन्दर सुदूरपश्चिमका अभियन्ता हुन ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ