arrow

लागूऔषधसहित चार जना पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १५ बिहिबार
pakrau9.jpg

स्याङ्जा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जाका एक र पोखराका तीन जना छन् । 

वैशाख ४ गते गल्याङको राम्दीबाट स्याङ्जा फेदीखोला गाउँपालिका वडा नं. १ का वर्ष ३५ का सन्तोष कामीलाई लागूऔषध पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी नायव निरीक्षक रवीन्द्र खनालका अनुसार कामीको साथबाट डाइजापाम १२ एम्पुल, नोफिन १२ एम्पुल, फेनेरागन १३ एम्पुल बरामद भएको छ । 

यसैगरी वैशाख ७ गते पोखरा महानगरपालिका वडा नं. १७ का ३१ वर्षका अनिल गिरीलाई लागूऔषधसहित वालिङको कटहरबोटबाट पक्राउ गरिएको डिएसपी खनालले जानकारी दिए । उनको साथबाट डाइजापाम २१ एम्पुल, नोफिन २१ एम्पुल, फेनेरागन २१ एम्पुल र ६८० रुपैयाँ नगद बरामद गरिएको खनालले बताए । 

यस्तै, पोखरा १६ का रविन विक र माछनापुच्छ्रे गाउँपालिका ८ का २२ वर्षका सन्दीप गुरुङलाई लागूऔषधसहित वैशाख १० गते गल्याङको राम्दीबाट पक्राउ गरिएको छ । विकको साथबाट डाइजापाम १२ एम्पुल, नोफिन १२ एम्पुल, फेनेरागन ११ एम्पुल र गुरुङको साथबाट डाइजापाम २५ एम्पुल, नोफिन २५ एम्पुल, फेनेरागन २५ एम्पुल बरामद भएको छ ।

पक्राउ परेका सबैलाई जिल्ला अदालतबाट म्याद थप गरि वडा प्रहरी कार्यालय वालिङमा राखिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ