arrow

पौडेल पक्षमा नेतृत्वको रस्साकस्सी, छलफलको लागि शशांक निवासमा पौडेल सहितको भेला

logo
प्रकाशित २०७३ साउन ३२ मंगलबार
NSU-11-conventation-logo.jpg.jpeg
काठमाडौं । नेपाल विद्यार्थी संघको काठमाडौंमा जारी ११ औं महाधिवेशनबाट नेतृत्वको लागि मनोनयन दर्ताको काम बिहान ८ बजेदेखि सुरू हुँदैछ। लामो विवादका कारण साउन २३ गते सुरू भएको निर्वाचन अहिलेसम्म लम्बिएको भएपनि सोमबार दुई शीर्ष नेताहरूबीच विवादित विषय मिलाएर महाधिवेशन गराउने सहमति भएपछि मंगलबार नै मनोनयन दर्ता र उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्ने तयारी गरिएको नेविसंघ ११ औं महाधिवेशनको निर्वाचन समिति सदस्य अरूण कुमार पञ्जियारले जानकारी दिए । उनले असन्तुष्ट पक्ष पनि सहमतिमा आईसकेकोले अब निर्वाचन हुनेमा शंका नरहेको बताए। 
 
उता, निर्वाचनमा मनोनयन दर्ता गराउने विषयमा आधिकारिक उम्मेदवार को बन्ने र अन्य पदमा समेत को–को उठ्ने भन्ने विषयमा छलफल गर्नको लागि पौडेल पक्ष भने आन्तरिक छलफलमा जुटेको छ। नेतृत्व चयनमा रस्साकस्सी देखिएपछि नेतृत्व चयनमा रस्साकस्सी देखिएपछि अध्यक्षका आकांक्षीहरूलाई मिलाउन शशांक निवासमा काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल सहित सो पक्षका प्रभावशाली नेताहरूको उपस्थितीमा छलफल भएको छ । शशांकको स्वास्थ्यका कारण अन्यत्र जान नसक्ने भएपछि उनकै निवासमा बैठक बोलाईएको हो। 
 
अध्यक्षका आकांक्षीहरूबीच एकले अर्काको नेतृत्व स्वीकार गर्न नसक्ने प्रवृत्ति बढेपछि यो पक्षलाई नेतृत्व चयन गर्न रस्साकस्सी परेको हो । पौडेल पक्षीय नेता आनन्द त्रिपाठीले नेताहरूसँग छलफल गर्ने र चित्त बुझ्दो कुरा नआए उम्मेदवारी दिने तयारीमा आफू रहेको जानकारी दिए। उनले भने ‘म उम्मेदवारी दिएपछि त फिर्ता लिँदै लिन्न , तर उम्मेदवारी दिनु अघि सहमतिको लागि प्रयास भने गर्नेछु ।’ स्रोतका अनुसार त्रिपाठी अर्का अध्यक्षका प्रत्यासी दिपक भट्टराईलाई उमेद्वार बनाए जुनसुकै समयमा पनि विद्रोह गर्ने पक्षमा रहेका छन् । 
 
त्यस्तै अध्यक्षकी अर्की प्रत्यासी विनिता अधिकारीले पनि आफूलाई चित्त नबुझाई अरूलाई नेतृत्वमा लगिए आफू पनि अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेकी छिन् । उनले यो छलफलबाट सहमति नभए आफू पनि पछि नहट्ने जानकारी दिईन् । 
 
यसरी धेरै अध्यक्षका आकांक्षीहरू देखिएको पौडेल पक्षमा सर्वसम्मत नेतृत्व चयन गर्न सकस भईरहेको छ । यद्यपि पौडेल पक्षका विद्यार्थीहरू अहिले यो विषयमा टुङ्गो लगाएर विहान १० बजेतिर मनोनयन दर्ता गर्ने तयारीमा छन् । पौडेल पक्षीय विद्यार्थी नेता एवं नेविसंघ ११ औं महाधिवेशनका प्रचारप्रसार संयोजक मोती भण्डारीले १० बजेतिर मनोनयन दर्ता गराउने तयारी भईरहेको जानकारी दिए । 
 
उम्मेदवारको विषयमा अध्यक्ष पदमा मनोजमणि आचार्यको मनोनयन लगभग पक्कापक्की भएको छ भने अन्य पदमा को–को उठ्ने भन्ने कुरा छलफल पछि टुङ्गो लाग्ने पनि भण्डारीले जानकारी दिए। दुई महामन्त्री मध्ये एकमा हिमालदत्त श्रेष्ठको लगभग पक्का भएको छ। सोमबार मात्रै नैनसिंह महर अध्यक्ष सहित अध्यक्षका आकांक्षीहरू कुन्दन काफ्ले र सरोज थापाले संयुक्त प्यानलको तर्फबाट महामन्त्रीमा उम्मेदवारी दिईसकेका छन् । महर बाहेक पनि सोमबार मात्रै अन्य तीन जनाले अध्यक्ष पदमा उम्मेदवारी दिईसकेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ