arrow

नेविसंघको आदिवासीमा विजयहाङ

logo
प्रकाशित २०७३ साउन ३२ मंगलबार
bijaya-hang.jpg.jpeg
काठमाडौं। नेपाल विद्यार्थी संघको जारी ११ औँ महाधिवेशनमा विजयहाङ आङदेम्बेले आदिसासी जनजाती तर्फबाट केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्ने भएका छन्। सुदर पूर्वको पाँचथरवाट प्रतिधित्व गर्दै आङदेम्बे केन्द्रीय सदस्यको उम्मेद्वार बनेका हुन्। 
 
‘हाम्रो नेविसंघ, राम्रो नेविसंघः अब्बल नेतृत्व, सवल संगठन’भ न्ने नारा लिएर मैदानमा उत्रिएको उनले बताए। लामो विद्यार्थी राजनीति गरेकाले प्रतिनिधिले विश्वास गर्ने आश गरेको उनले गरेका छन्। 
 
पाँचथरको ग्रामिण क्षेत्रको आर्दश उच्च माध्यमिक विद्यालयवाट विद्यार्थी राजनीति सरु गरेका उनले आरआर क्याम्पस काठमाण्डौँ, पाँचथर वहुमुखि क्याम्पस लगायतमा राजनीति गरेका थिए। 
 
‘नेविसंघ र कांग्रेसको राजनीतिमा समय लगाइएको छ। इमान्दारीताका साथ काम गरेकाले प्रतिनिधिले विश्वास गर्नु हुन्छ भन्ने आश गरेको छु’ आङदेम्बेले भने ‘नेविसंघको नेतृत्वमा पुगे भने शैक्षिक, सामाजिक राजनीति एजेण्डाहरुमा काम गर्नेछु।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ