arrow

पौडेल पक्षले तोक्यो अध्यक्ष र महामन्त्री, त्रिपाठी र अधिकारी स्वतन्त्र उम्मेदवारी दिँदै

logo
प्रकाशित २०७३ साउन ३२ मंगलबार
manoj-himal-deepak.jpg.jpeg
काठमाडौं । नेविसंघको ११ औं महाधिवेशनमा आफ्नो पक्षबाट आधिकारिक उम्मेदवार बनाउनको लागि बिहान बसेको बैठकले सबै आकांक्षीलाई चित्त बुझाउन नसक्दा बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट ३ जनाको उम्मेदवारी पर्ने भएको छ। मंगलबार विहानैदेखि महामन्त्री शशांक कोइरालाको निवासमा भएको वरिष्ठ नेता पौडेल सहितको छलफलबाट अध्यक्षमा मनोजमणि आचार्य, महामन्त्रीहरूमा हिमालदत्त श्रेष्ठ र दिपक भट्टराईलाई उठाउने निर्णय गरिएको नेता मोती भण्डारीले जानकारी दिए । आचार्य बरिष्ठ नेता रामचन्द्र पौडेल निकट हुन भने श्रेष्ठ नेता प्रकाशमान निकट हुन् भने भट्टराई महामन्त्री शशांक  कोइराला निकट हुन्। त्यस्तै, महिला उपाध्यक्षमा उर्मिला थपलिया र प्रदेश न्रं ५ बाट उपाध्यक्षमा प्रकाश रानालाई उठाउने निर्णय पनि भएको छ । 
 
भण्डारीले दिएको जानकारी अनुसार अध्यक्षमा उम्मेदवारी दिएपनि पछि फिर्ता लिएर प्रदेश नं ४को उपाध्यक्षमा आनन्दराज त्रिपाठीले उम्मेदवारी दिने मोटामोटी सहमति भएको बताईएपनि त्रिपाठी भने आफू अध्यक्षमा उम्मेदवारी दिएपछि फिर्ता नहुने बताउँछन् । आफूले उम्मेदवारी फिर्ता लिने भन्ने कुरा बेकारमा फैलाईएको हल्ला रहेको आरोप पनि त्रिपाठीले लगाए । उनले भने ‘म त एकोहोरो मान्छे हो एउटै पार्टी भित्र हुने प्रतिस्पर्धामा म हिँडेपछि ब्याक हुन्न ।’
 
त्यस्तै, अर्की अध्यक्षकी आकांक्षी विनिता अधिकारीले पनि आफू अध्यक्षमा उम्मेदवारी दिन जान लागेको जानकारी दिईन् । उनले छलफलका क्रममा आफूलाई उम्मेदवारी नदिन आग्रह गरिएको भएपनि आफू उम्मेदवारी दिएरै छाड्ने भनेर बाहिरिएको जानकारी दिईन् । उनले आफू पनि कुनैपनि हालतमा व्याक नहुने अडान पनि व्यक्त गरिन् । पौडेल पक्षले बाँकी उम्मेदवारको विषयमा छलफल गरिरहेको छ ।
 
अध्यक्षका उमेद्वार महामन्त्री भएपछि महामन्त्रीका उमेद्वारहरुलाई मनाउने गरि तयारी गरिएको बताइएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ