काठमाडौं। नेपाल विद्यार्थी संघको ११ औँ महाधिवेशनको निर्वाचन कार्यतालिकामा परिवर्तन गरिएको छ। निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारको मनोनयन दर्ताका लागि एक घण्टा समय थपिएको छ।
निर्वाचन समितिका संयोजक भरतप्रसाद खरेलका अनुसार २०७३ साउन ३२ गते दिनको ११ बजेसम्म निर्धारित गरिएकोमा प्राविधिक कारणवस कार्यतालिका २०७३ एक घण्टा थपेर मध्यान्ह १२ बजेसम्मका लागि गरिएको छ।
पौडेल पक्षका उमेद्वारहरुको टुङगो ढीला गरि लागेका कारण उनीहरुको आग्रहमा मनोनयनको समय एक घण्टा थपिएको बताइएको छ। सोमबार दिउँसो १ बजेसम्मको लागि तोकिएको मनोनयन दर्ताको म्याद बेलुका ६ बजेसम्मको लागि र त्यसपछि फेरि मंगलबार बिहान ११ बजेसम्मको लागि थप गरिएको थियो ।
केन्द्रीय प्रतिनिधिको विषयमा अझै केही सहमति गर्नुपर्ने भएकोले मनोनयनको म्याद १ घण्टाको लागि थप गरिएको निर्वाचन समिति सदस्य अरूण कुमार पञ्जियारले जानकारी दिए । यो मिति १ घण्टा थपिएपनि अन्य कार्यतालिकामा केही असर नपर्ने पनि उनले जानकारी दिए ।
सोमबारसम्म ३ जनाको दर्ता भएको अध्यक्ष पदमा मंगलबार बिहान ११ बजेसम्म मनोजमणि आचार्यको नाम थपिएर ४ जना भएको पनि समितिले जनाएको छ।