arrow

एनसेलको नयाँ ब्राण्ड लोगो सार्वजनिक, दुई बर्षमा ७० अर्ब लगानीको घोषणा

logo
प्रकाशित २०७३ साउन ३२ मंगलबार
Ncell_Main-Logo.jpg.jpeg
काठमाडौं। एनसेल प्रा. लि. (एनसेल) र आजीयाटा ग्रुप बर्हाद (आजीयाटा) ले साउन ३२ मंगलबार एनसेलको रिब्राण्डिङ्गको घोषणा गर्दै एनसेल – आजीयाटा सम्बद्ध कम्पनीको नयाँ ब्राण्ड लोगो अनावरण गरेका छन्। एनसेलको ८० प्रतिशत शेयर होल्ड गर्ने विदेशी कम्पनी रेन्होल्डस् होल्डिङ्गस्मा आजीयाटाको एकल लगानी रहेको छ।
 
एनसेलको नयाँ ब्राण्डमा रुपान्तरणसँगै आजीयाटाको अन्तर्राष्ट्रिय दक्षता तथा एनसेलको उत्कृष्ट गुणस्तर, सुपथ सेवा तथा सशक्त स्थानिय धरोहरको बेजोड मेल भएको छ।
आधुनिक प्रविधि, नविनता र डिजिटलाईजेसनलाई अपनाउदै नेटवर्क विस्तार गर्ने र सम्पूर्ण ग्राहकका संचारलाई अझ सुदृढ गर्ने कार्यमा थप ध्यान केन्द्रित भएको छ।
नयाँ प्रतिभाको विकास तथा दुरसंचार क्षेत्रमा नेपाली नेतृत्वको विकास गर्ने कार्यलाई गति बनाएको छ।
 
रिब्राण्डिङ्गसँगै कम्पनीको रोमांचक नयाँ अध्याय शुरु भएको छ। आजीयाटा सम्बद्ध कम्पनीको रुपमा एनसेल उत्कृष्ट नेटवर्कको विकासमा दिर्घकालिन रुपमा लगानी गर्दै देशका अतिविकट क्षेत्रमा रहेका नागरिकलाई समेत संचार मार्फत जोड्दै नेपालको विकासमा योगदान पुर्‍याउन प्रतिवद्ध छ।
 
एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्सले भने, “एनसेल एक मोवाईल नेटवर्क प्रदायक मात्र होईन, हामी नेपालको  व्यावसायिक नागरीक हौं र हामी राष्ट्रको आकांक्षा बमोजिम सामाजिक आर्थिक समृद्धिका लागि सरकारसँग सहकार्य गर्न प्रतिवद्ध छौं।”
 
“एशियाकै प्रमुख दुरसंचार समूह आजीयाटाको सहयोग प्राप्त भएकोमा हामी हर्षित छौं। आजीयाटा दुरसंचार क्षेत्रमा डिजिटल तथा प्राविधिक विकासमा अग्रणी स्थानमा छ र आफ्नो स्वच्छ  प्यान–एशिया ट्रयाक रेकर्ड सहित नेपालमा प्रवेश गरेको छ।”
 
एनसेलले नेपाली उपभोक्तालाई आपसमा जोड्ने आफ्नो प्रतिबद्धता बमोजिम टुजी-थ्रीजी जीएसएम नेटवर्क विकासका लागि हालसम्म ७४ अर्ब रुपैयाँ लगानी गरेको छ। फोरजी-एलटिई जस्ता आधुनिक प्रविधिले नेपाली उपभोक्तालाई आफनो मोवाईल सेटमै भिडियो स्ट्रिमिङ्ग, संगित, गेम्स तथा कारोवार गर्ने जस्ता  थप विकसित फिचर तथा एप्लिकेसनको प्रयोग गर्न सम्भव बनाउने छ। नेपाली तथा नेपालको प्रगतिका लागि महत्वपूर्ण हुने यस फोरजी÷एलटिई सेवा संचालनका लागि आवश्यक स्पेक्ट्रम प्राप्त हुनेमा एनसेल विश्वस्त छ। 
 
सन् २०१६ का लागि एनसेलले घोषणा गरेको रु १२ अर्बको पुँजीगत लगानी बाहेक एनसेलले आफ्ना निष्ठावान ग्राहकका लागि उत्कृष्ट सेवासंचालन सुनिश्चित गर्ने प्रतिवद्धता अन्तर्गत आगामी २ वर्षमा थप ७० अर्ब रुपैयाँ पुजीगत तथा संचालन लगानी गर्ने घोषणा गरेको छ।
 
एशियाको प्रमुख दुरसंचार समुहका रुपमा रहेको आजीयाटा दक्षिण एशियामा दिर्घकाल सम्म सेवा प्रदान गर्दै आएको छ। आजीयाटाको श्रीलंका तथा बंगलादेशमा २० भन्दा बढी वर्षको उपस्थिती छ, भने पाकिस्तान तथा भारतमा पनि लगानी रहेको छ। व्यावसायिक सुशासन तथा कानुनको परिपालनामा प्रतिबद्ध समुहको रुपमा परिचित आजीयाटाको आफु उपस्थित देशहरुमा ठूला करदाताका रुपमा रहेका कम्पनीहरु छन्।
 
“दक्षिण एशियामा रहेको उपस्थितीले गर्दा आजीयाटा एनसेललाई नविन डिजिटल तथा मोवाईल सेवा मार्फत अवसरहरुको लाभ लिदै प्रगतिको अर्को तहमा लैजान प्रभावकारी अवस्थामा रहेको छ। आजीयाटाको एशियालाई अगाडि बढाउने (एडभान्सिङ्ग एशिया) भिजनले उत्कृट कनेक्टिभिटी, प्रविधि तथा कौशललाई समेटेको छ। त्यसैले आजीयाटासँगको यो सम्बन्धले नेपाली समुदाय तथा कर्मचारीको प्रगतिमा थप योगदान पुर्‍याउनेमा म विश्वस्त छु,” साइमन पर्किन्सले भने।
 
नयाँ ब्राण्डको अनावरणसँगै एनसेलले साउन ३२ गतेबाट लागु हुने गरी आफ्ना ग्राहकका लागि नयाँ योजना ल्याएको छ, जस अन्तर्गत एनसेलका सम्पूर्ण ग्राहकले अन नेट ५० मिनेटको टक टाईम तथा ५०० एसएमएस निःशुल्क प्राप्त गर्न सक्छन्।
 
एनसेलका सबै ग्राहकले एष्ट्रिक्स १७१२१ ह्यास डायल गरी यो योजनामा निःशुल्क सहभागी हुन सक्छन् र प्राप्त ५० मिनेट टक टाईम तथा ५०० एसएमएस एनसेलको कुनै पनि अर्को नम्बरमा कल गर्न र एसएमएस पठाउन प्रयोग गर्न सक्छन्। यसरी प्राप्त टक टाईम र एसएमएसको समयावधि एक हप्ताको रहेको छ।
 
यो योजना भदौ १४ गतेसम्म जारी रहने छ र योजना अवधिमा एक पटक मात्र निःशुल्क टक टाईम तथा एसएमएस प्राप्त हुनेछ। 
 
 
एनसेल बारे 
एनसेलले नेपालमा सन् २००४ देखि देशको पहिलो निजी मोबाइल सेवा प्रदायकका रूपमा सेवा प्रदान गरिरहेको छ। हामी देशभित्रका वासिन्दाहरूलाई उच्चस्तरीय मोवाईल नेटवर्क उपलब्ध गराउनमा प्रतिबद्ध छौं। हामी स्थानीय अनुभूतिसहित अन्तर्राष्ट्रिय गुणस्तरको सेवा उपलब्ध गराउँछौं। हाम्रा अधिकांश कर्मचारीहरू नेपाली नै छन् र हाम्रा सेवाहरू स्थानीय समुदायको आवश्यकतालाई पूरा गर्ने गरी तयार पारिएका छन् । हामी नेपालका सबै जनतालाई आफ्नो नेटवर्क मार्फत उच्च गुणस्तरीय, आधुनिक र सुलभ सेवाको पहूँचमा ल्याउन र आफ्ना ग्राहक तथा साझेदारका लागि महत्वपूर्ण भुमिका निर्वाह गर्न निरन्तर लागिरहेका छौं। 
 
चैत २९, २०७२ मा एनसेल आजीयाटा ग्रुप बर्हादसँग आबद्ध भएको हो। आजीयाटाको साथमा, एनसेलले आफ्नो उच्चस्तरीय सेवाको संजाल फैलाउदै र अति विकट ठाँउका जनताहरुलाई समेत संचार सेवाको पहुँच भित्र ल्याउदै, देशको आर्थिक र पुर्वाधार विकासमा योगदान पु¥याउदै आएको छ।
 
एनसेल नेपालको सबैभन्दा ठूलो करदाता रहेको छ। हाल कम्पनीले करिब १ करोड ४० लाख ग्राहकलाई सेवा प्रदान गरिरहेको छ भने करिब ४० हजार नेपाली हामीसँग प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा काम गरिरहेका छन्। एनसेलले देशमा ८५ अर्ब भन्दा बढीको स्थिर सम्पत्ति सृजना गरेको छ। 
 
 
आजीयाटा बारे
एसियाको एक अग्रणी दूरसञ्चार समूहको रुपमा रहेको आजीयाटा हाल १० वटा देशमा उपस्थित छ र करिब २९ करोड ग्राहकलाई सेवा प्रदान गरिरहेको छ । मोबाइल नेटवर्क संचालन, संचार पुर्वाधार सेवा, डिजिटल सेवा जस्ता विविध क्षेत्रमा अनुभव संगालेको यो समुहले आफ्नो ‘एडभान्सिङ् एसिया’ को परिकल्पनामा उत्कृष्ट कनेक्टिभिटी, प्रविधि र जनशक्तिलाई एकसाथ समेटेको छ। 
 
आजीयाटाको दक्षिण एशिया र दक्षिण पुर्वी एशियाली बजारका अग्रणी मोबाईल सेवा प्रदायकहरुमा नियन्त्रण अधिकार सहितको स्वामित्व रहेको छ। आजीयाटा गु्रपका कम्पनीहरु मलेसियामा सेलकम, इन्डोनेसियामा एक्सएल, श्रीलंकामा डायलग, बंगलादेशमा रोबि, क्याम्बोडियामा स्मार्ट र नेपालमा एनसेलको ब्राण्डमा सञ्चालनमा रहेका छन्। आजीयाटा ग्रुपको भारतको आईडिया र सिङ्गापुरको एम वानमा पनि लगानी रहेको छ। 
 
आजीयाटा ग्रुपको पुर्वाधार कंम्पनी ‘इडटको’ ६ वटा देशमा सञ्चालमा छ र यसले १६,००० भन्दा बढी मोबाईल टावर तथा १२,००० किमी फाइबरद्वारा दुरसंचार पुर्वाधार सेवा प्रदान गरिरहेको छ। 
यसले दक्षिण एसिया र दक्षिण पुर्वी एसिया बजारकै एक प्रमुख पुर्वाधार कम्पनी हुने उद्देश्य लिएको छ  र जिम्मेवार र दिगो व्यवसाय संचालनमा प्रतिवद्घ छ। आजीयाटा डिजिटल (एडी), आजीयाटा समुहको डिजिटल सेवा प्रदायक संस्था, ले आफ्ना २४ डिजिटल ब्राण्डहरु मार्फत मोबाइल मनी, मोबाइल एडभरटिङ, ई–कमर्स, मनोरञ्जन तथा शिक्षा जस्ता बढ्दो माग भएका क्षेत्रमा विविध सेवाहरु प्रदान गर्दै इन्टरनेटमा आधारित व्यवसायमा द्रुत गतिमा प्रगति गरिरहेको छ।
 
एक प्रतिबद्घ र दीर्घकालीन लगानीकर्ताको रुपमा आजीयाटाले आफ्ना कम्पनीहरुमा २५,००० जनालाई रोजगारी प्रदान गरेको छ। आफ्नो दिगो लक्ष्य अनुरुप आजीयाटा गु्रपले युवा प्रतिभाको विकास, प्रकोप नियन्त्रण र पर्यावरण संरक्षणमा नयाँ पहल तथा सहयोग प्रदान गरिरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ