काठमाडौं। इङ्लिश् प्रिमियर लिग नयाँ सिजनमा चेल्सीले सुखद सुरूवात गरेको छ। गएराति भएको खेलमा घरेलु मैदानको फाइदा उठाउँदै चेल्सीले वेस्ट हाम युनाइटेडमाथि २-१ गोलको जित हात पारेको छ।
वेस्ट हामलाई सुरूवातीदेखि नै दबाबमा राखेको चेल्सीले दोस्रो हाफको ४७ मिनेटमा पेनाल्टीमार्फत इडेन हाजार्डको गोलमा अग्रता लिएको हो। चेल्सीका सेजर एजपिलिक्युटालाई वेस्ट हाम डिफेन्डर एन्टोनियोले पेनाल्टी बक्समा फल गरेपछि चेल्सीले पेनाल्टी पाएको हो।
खेलको ७७ मिनेटमा वेस्ट हामका लागि जेम्स कोलिन्सले गोल गर्दै टिमलाई खेलमा फर्काए।
खेलको ८९ मिनेटमा डियागो कोस्टाले चेल्सीका लागि निर्णायक गोल गर्दै टिमलाई २-१ को जीत दिलाए।
चेल्सीसँगै नयाँ सिजनको सुखद सुरूवात गर्नेमा म्यान्चेस्टर युनाइटेड, लिभरपुल, म्यान्चेस्टर सिटी, हल सिटी, स्वान्सी सिटी र वेस्ट ब्रोमवीच छन्।