arrow

सुरु भयो तिजको माहोल, पोख्रेली दिदी बहिनी समुह जापानले खुवाए तिजको दर

logo
संगिता कुँवर।
प्रकाशित २०७३ साउन ३२ मंगलबार
teej-japan-pokhreli.jpg.jpeg
टोकियो। सधै ब्यस्त रहने जापानका दिदी बहिनीहरुले शनिबार भने दर समेत खान र खुवाउन समेत भ्याएका छन्। पोख्रेली दिदी बहिनी समूहको आयोजनामा रमाईलो तिज २०७३ कार्यक्रमसँगै दर र नाचगान गर्न भ्याएका हुन। पोखराबाट जापान आई विभिन्न पेशा व्यवसायमा आवद्ध पोख्रेली दिदी बहिनी समूहले टोकियोको सिनओकोबुस्थित नेपाली मुरा हलमा सो कार्यक्रम सम्पन्न गरेको हो।
 
रमाईलो नाँचगानको कार्यक्रमसँगै औपचारिक रुपमा उद्घाटन् गरिएको कार्यक्रम संस्थाकी कार्यबाहक अध्यक्ष भिम कुमारी गुरुङको अध्यक्षता रहेको थियो भने नेपाली कला, संस्कृतिका विज्ञ जापानी नागरिक युको ओकामातोको प्रमुख आतिथ्यता रहेको थियो। त्यस्तै, कार्यक्रममा तमु धिँ जापानकी उपाध्यक्ष अनिता गुरुङ तथा स्मृती आचार्य लगायतको पनि आथित्यता रहेको थियो। 
 
कार्यक्रममा मन्तब्य राख्दै संस्थाकी महासचिव अन्जु भण्डारीले मनोरञ्जनसंगै दिदी बहिनीहरु एकै ठाउमा भेला भई सुख दुख बाँड्दै समूहलाई मजबुत बनाई समूहलाई परोपकारी हितमा लगाउने उद्देश्यले प्रथम पटक आयोजना गरिएको कार्यक्रममा पोख्रली दिदी बहिनीहरुको उत्साहजनक सहभागीताले आफुहरुलाई थप हौसला प्रदान गरेको बताइन। 
 
 
प्रमुख अतिथिको रुपमा रहनु भएकी युको ओकामातोले आफुले विगत ३१ वर्षदेखि नेपाली समुदाय बिच नजिक रहेको र नेपाली दिदि बहिनीहरु अब चुलो चौको मात्र नभएर घरबाट समाज सेवा र महिला शसक्तिकरणमा लाग्नु पर्ने बताइन। जापानी भएर पनि शुद्द नेपाली भाषा बोल्ने ओकामोतो नेपाली नाच र संस्कृति जापानी माझ सिकाउने र अनुसन्धान गर्दै आएकी छन्।  
 
 
कार्यक्रममा, नेपाली कला र संस्कृतिलाई जापानी समुदायमा चिनाउन महत्वपूर्ण भूमिका खेल्दै आउनुभएकी जापानी नागरिक युको ओकामातो, पत्रकार राजन गौतम, पत्रकार उत्तम गौडेल, कलाकार बिनोद भण्डारी प्रायोजक तथा डिजे ज्होन छन्त्याललाई मायाँको चिनो प्रदान गरीएको थियो। कार्यक्रम संयोजक एवं समुहकी महासचिव अन्जु भण्डारीको स्वागत मन्त्व्यसंगै सुरु भएको कार्यक्रम संगिता कुवँरको संचालनमा सम्पन्न भएको थियो।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ