arrow

नागेश कोइरालाको वचनः विराटनगर डुवानमुक्त बनाउँछु 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १८ आइतबार
nagesh-koirala-biratnagar.JPG

विराटनगर । विराटनगर महानगरपालिकाका मेयरका उम्मेदवार नागेश कोइरालाले विराटनगरलाई डुवानमुक्त बनाउने वचन दिएका छन् । नेपाली कांग्रेस विराटनगर १६ ले आइतबार रानीमा आयोजना गरेको चुनाव प्रचार–प्रसार कार्यक्रममा कांग्रेसका उम्मेदवार कोइरालाले डुवानको समस्याले आजित भएका स्थानीयबासीलाई  विराटनगर डुवानमुक्त बनाउने वाचा गरेका हुन् ।  

त्यसैगरी बन्द र विस्थापित भएका उद्योगहरुको शाख पूर्व अवस्थामै फर्काउन केन्द्रीय र प्रदेश सरकारलाई दबाब दिने पनि उनले बताए । उनले भने, ‘उद्योगहरु बन्द भएपछि हजुरहरुलाई समस्या भो । बन्द भएका उद्योगहरु सुचारु गराउन प्रदेश र संघीय सरकारसँग पहल गर्नेछु ।’
 
कार्यक्रममा बोल्दै कांंग्रेस विराटनगर १६ का अध्यक्षका उम्मेदवार उद्धव  भुजेलले आफूले चुनाव जिते आर्थिक अवस्था कमजोर भएका स्थानीयलाई वडा कार्यालयले निःशुल्क स्वास्थ्य बिमा गरिदिने बताएका छन् । 

उनले स्थानीय स्तरको शैक्षिक अवस्थालाई सुधार गर्दै शिक्षाको पहुँचमा पुग्न नसकेका विभिन्न विद्यार्थीहरुलाई विशेष व्यवस्था गरेर शिक्षाको पहुँचसम्म पुर्याउने बताएका छन् । 

कार्यक्रममा स्थानीय नेता तथा कार्यकर्ता र स्थानीयको सहभागीता रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ