बागलुङ। जिल्लाको रेशबाट, लेखानीको कादेश जाँदै गरेको ध १ ज ३४८ नं.को पिक अप जिप दुर्घटना भएको छ। दुर्घटनामा २ जनाको घटनास्थलमै मृत्यु भएको छ। रेश गाविस वडा नं.७ देउराली नजिकै सोमबार राती जिप दुर्घटना भएको हो।
दुर्घटनामा चालक सहित २ जना घाइते भएका छन्। दुर्घटनामा रेश ७ का २२ वर्षीय गिरी थापा र सोही स्थानका २८ वर्षीय नारायण जिसीको घटनास्थलमै मृत्यु भएका जिल्ला प्रहरी कार्यालय, बागलुङका प्रहरी नावय उपरिक्षक अनिल कुमार खड्काले बताए।
दुर्घटनामा परी जीपका चालक २६ वर्षीय गोरे भन्ने खड्कबहादुर थापा र २५ वर्षीय पदम थापा घाइते भएका छन्। घाइतेको धौलागिरि अञ्चल अस्पताल बागलुङमा उपचार भैरहेको छ।