कौरव खत्री। गुल्मी। नेपाल विद्यार्थी संघ रुपन्देही जिल्ला कार्य समितिका निवर्तमान सभापति प्रकाश रानाले प्रदेश नं. ५ बाट उपाध्यक्षका लागि आफ्नो उम्मेद्वारी दिएका छन्।
राना कुशल, सक्षम, अनुशासित, इमान्दार व्यक्तित्व भएका विद्यार्थी नेताका रुपमा चिनिन्छन्। विगत १४ बर्षयता निरन्तर नेपाल विद्यार्थी संघका विभिन्न पदहरुमा रहेर क्रियाशिल विद्यार्थीहरुका हकहितमा क्रियाशिल रहदै आएका राना प्रदेश नं. ५ बाट उपाध्यक्ष पदको आफ्नो उम्मेद्वारी समय सान्दर्भिक भएको बताउछन्।
आफूले जितेमा भावी दिनमा नेपाल विद्यार्थी संघको संगठन र विधि विधानलाई कार्यान्वयन गर्नको लागि सक्रिय रहने तथा विद्यार्थीहरुका हक अधिकारको लागि पर्ने उनले बताए।