चार महिला उम्मेदवार काठमाडौं महानगरबाट निर्विरोध निर्वाचित
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १९ सोमबार
769
Shares
काठमाडौं । काठमाडौँ महानगरमा ४ जना वडा सदस्य निर्विरोध निर्वाचित भएका छन् । स्थानीय तह सदस्य निर्वाचन कार्यक्रमअन्तर्गत बैशाख ११ र १२ गते भएको मनोनयन दर्ताका क्रममा वडा १८, २२, २३ र २७ गरी ४ वटा वडाबाट दलित महिला सदस्य पदमा १–१ जनाको मात्र उम्मेदवारी परेकोले उनीहरु निर्विरोध भएको मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिए ।
यसरी निर्वाचित हुनु हुनेमा वडा १८ की अम्बिका सुनार, २२ की गीता परियार, २३ की कञ्चना नेपाली (हरिजन) र २७ की प्रभा परियार हुन् । वडा १८, २२ र २७ मा नेकपा एमालेबाट मात्र उम्मेद्वारी परेको थियो भने वडा २३ बाट नेपाली कांग्रेसबाट मात्र उम्मेद्वारी परेको थियो ।