arrow

राप्रपाबाट चुनाव लड्ने दुई कांग्रेसीको साधारण सदस्यता खारेज 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १९ सोमबार
24242352342424244244.jpg

धरान । नेपाली कांग्रेसले पार्टीको आधिकारिक उम्मेदवारका विरुद्ध अर्को पार्टीवाट उठ्ने २ जनाको साधारण सदस्यता खारेज गरेको छ । नेपाली कांग्रेसका सुनसरी जिल्ला सचिव विरेन्द्र साहले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को दफा ३४ (१) अनुसार कारबाही भई उनीहरुको साधारण सदस्यता खारेज भएको बताएका छन् । 

कारबाहीमा पर्नेमा राप्रपावाट वडा अध्यक्षका उम्मेदवार बनेका धरान १ का निवर्तमान वडा अध्यक्ष रोशन अधिकारी र राप्रपावाटै वडा अध्यक्षका उम्मेदवार बनेका धरान १४ का निवर्तमान वडा अध्यक्ष कृष्ण भट्टराई रहेका छन् ।

उनीहरुले पार्टीको आदर्श, सिद्धान्त र नीति विपरीत कार्य गरेको, पार्टीको  विधान, नियमावली विपरीत कार्य गरेको, पार्टीको आचारसंहिता उल्लङ्घन गरेको र पार्टीको उम्मेदवारको विरुद्ध उम्मेदवारी दिएका कारण उनीहरुविरुद्ध पार्टी विधान बमोजिम अनुशासनको कारवाही भएको जिल्ला सचिव साहले बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ