arrow

विद्युतको हाइटेन्सन लाइनको तार खस्दा करेन्ट लागेर दुईको मृत्यु

logo
प्रकाशित २०७३ साउन ३२ मंगलबार
bijuli-@@.jpg.jpeg
बुटवल । रुपन्देहीको बुटवल –१२ कालिका नगर अभियान पथमा विद्युतको हाइटेन्सन लाइनको तार खसेर करेन्ट लाग्दा दुई बालकको मृत्यु भएको छ । 
 
साइकलमा हिंडिरहेका ती दुई बालकको माथिबाट तार खसेर करेन्ट लागेर मृत्यु भएको बुटवल प्रहरीले जनाएको छ । 
 
मृत्यु हुनेमा रुपन्देहीको सखुवानी -३ का दुई दाजुभाई वर्ष १० का रोहित क्षेत्री र वर्ष ६ का रोहन क्षेत्र रहेका छन् । तार कसरी खस्यो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 
मृतकका अभिभावकहरुले विद्युत प्राधिकरणले लापर्वाही गरी तार अस्तव्यस्त छोडेकाले दुर्घटना भएको बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ