arrow

कागेश्वरी मनहरा नगरपालिकामा गठबन्धनको घरदैलो कार्यक्रम 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १९ सोमबार
kageshwori-manahara-gathabandhan-2079.jpg

काठमाडौं । कागेश्वरी मनहरा नगरपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्रसहितको गठबन्धनको घरदैलो कार्यक्रम भइरहेको छ । यस नगरपालिकामा मेयरमा नेपाली कांग्रेसका उपेन्द्र कार्की र उपमेयरमा माओवादी केन्द्रका उम्मेदवार भोला चापागाई रहेका छन् ।

सोमबार सम्पन्न वडा नं ७ को घरदैलो कार्यक्रममा उल्लेखनीय कार्यकर्ता उम्मेद्वारसहित घर दैलोमा पुगेका थिए । सबैको नारा ‘कागेश्वरी मनहराले के भन्छ, उपेन्द्र–भोलाले भन्छ भन्दै घन्किएको थ्यो ।

मेयरका उम्मेदवार कार्कीले आफूहरुको गठबन्धन माहोल राम्रो भएको भन्दै मतदाताको मन जितेर मत हासिल गर्ने बताए । 

मेयर उपमेयरमा गठवन्धन भए पनि कागेह्वरी मनहरा नगरपालिका वडा नं ७ मा भने मित्रवत् प्रतिस्पर्धा गर्ने पहिले नै सहमति भैसकेको कांग्रेस भ्रातृ संगठन नेपाल तरुण दल काठमाडौं क्षेत्र नं २ का नेता दिपेन्द्र पोखरेलले जानकारी दिए ।

यस वडामा नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्षमा भीम थापाको टिम छ भने माओवादी केन्द्रबाट अमर चन्द्र बोहोराको टिम मित्रवत प्रतिस्पर्धामा छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ