arrow

उम्मेदवार वडको सङ्कल्प - 'पाँच वर्षमा धनगढीलाई महानगरपालिका बनाउँछु'

logo
सुनिल आउजी
प्रकाशित २०७९ वैशाख १९ सोमबार
bud-ummdwar.PNG

धनगढी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा धनगढी उपमहानगरपालिकाका नगर प्रमुखका उम्मेदवार नृपबहादुर वडले अबको पाँच वर्षमा धनगढीलाई महानगरपालिका बनाउने आफ्नो सङ्कल्प रहेको बताएका छन् । सोमबार धनगढीमा सत्ता गठबन्धनको संयुक्त प्रतिवद्धता पत्र सार्वजनिक गर्दै नगर प्रमुख वडले भौतिक संरचना निर्माणको जगमा रही धनगढीलाई महानगरपालिका बनाउने सङ्कल्प पुरा गर्ने बताएका हुन ।

‘राज्य संरचनापछि पहिलो पटक निर्वाचित भएर आएको पाँच वर्षमा समृद्ध, सुन्दर र व्यवस्थित नमुना शहरका रूपमा विकास गर्न आवश्यक सबै भौतिक संरचनाहरू तयार भएका छन्’ उनले भने ‘पाँच वर्षे कार्यकालको हामी आफैँले समीक्षा गर्दा ढुक्कसँग भन्न सक्छौ । हामीले धनगढी उपमहानगरपालिकालाई समृद्ध, सुन्दर र व्यवस्थित नमुना शहरका रूपमा विकास गर्न आवश्यक सबै भौतिक संरचनाहरू तयार गरेका छौं । भौतिक संरचना निर्माणको यही जगमा अब हामी धनगढीलाई महानगरपालिका बनाउने हाम्रो सङ्कल्प पुरा गर्छौ भन्ने पूर्ण विश्वास छ ।’ 

उनले विकासका प्रतिफलहरू प्राप्त हुन निश्चित रूपमा केही समय लाग्ने बताए । हामीले हाम्रो पाँच वर्षे कार्यकालमा गरेका कामहरूले धनगढी उपमहानगरपालिकाको आर्थिक, सामाजिक, सांस्कृतिक पक्षमा भइरहेका सकारात्मक उपलब्धिहरू केही आमजनताले अनुभव गरिसक्नु भएको छ । 

 उपप्रमुख 
 हामी पुनः स्थानीय निर्वाचनको महापर्वमा होमिएका छौं । २०७४ सालको स्थानीय निर्वाचनमा धनगढी उपमहानगरपालिकाका सम्पूर्ण आदरणीय मतदाताज्यूहरूको अपार समर्थन, सहयोग र अमूल्य मतका कारण हामी बहुमत वडाहरूसहित नगर प्रमुख र उपप्रमुख पदमा विजयी भएका थियौँ । आजको दिनमा आदरणीय सम्पूर्ण मतदाताहरूमा हामीलाई दिएको समर्थन र अमूल्य मतका लागि पुनः हृदयदेखि नै आभार र धन्यवाद व्यक्त गर्दछौँ । 

यस पटक राष्ट्रिय राजनीति तथा मुलुक र समयको आवश्यकताका आधारमा हामीले पाँच दलीय गठबन्धन निर्माण गरी निर्वाचनमा सहभागी भएका छौं । हामीलाई धनगढीका आम मतदाताहरू माथि अगाध विश्वास छ । धनगढी उपमहानगरपालिकामा गठबन्धनका तर्फबाट संयुक्त प्रतिबद्धता सार्वजनिक गरेका छौं । व्यवस्थित, सुन्दर र समृद्ध धनगढीको हाम्रो परिकल्पना साकार पार्ने यो हाम्रो लिखित प्रतिवद्धता पत्र हो । 

चुनावका बीच अहिले हामी आफ्नो पाँच वर्षे कार्यकालको आफैँले समीक्षा गरिरहेका छौं । यो पाँच वर्षमा विकास निर्माण, सेवा प्रवाहदेखि आर्थिक, सामाजिक, सांस्कृतिक सबै क्षेत्रमा के कस्तो जग कोर्न सकियो ? के कस्तो परिवर्तन आयो ? भन्ने उपमहानगरपालिकाका सबै आदरणीय नगरवासीले मनन गरेका छन् ।

हाम्रो पाँच वर्षे कार्यकाल निकै चुनौतीपूर्ण थियो । शुरुको एक वर्ष हामीलाई कर्मचारी र स्रोत व्यवस्थापन, नीति तथा ऐन कानुन निर्माण र व्यवस्थित नगरको दिगो खाका निर्माणको चुनौती रह्यो । बीचका दुई वर्ष कोरोना महामारीले सिर्जना गरेका समस्याहरूको व्यवस्थापनमा बित्ते । पहिलेदेखि नै अव्यवस्थित ढङ्गले विकास र विस्तार भइरहेको धनगढी उपमहानगरको व्यवस्थित विकासको जग बसाल्ने चुनौती रह्यो । तर, हामीले यी सबै तमाम चुनौती र कठिनाइहरूका बीच पनि आमनगरबासीको चाहना र आवश्यकताका आधारमा विकास निर्माण तथा सेवा प्रवाहलाई अघि बढायौ । तपाईँहरूको साथ र समर्थनका कारण धनगढी उपमहानगरपालिका मुलुक ७५३ पालिकामध्ये सबैभन्दा उत्कृष्ट पालिका बन्यो । उत्कृष्ट धनगढी उपमहानगरपालिकाको प्रमाणपत्र ग्रहण गरिरहेको क्षण मैले मनमनै तपाईँ सम्पूर्ण नगरबासीहरुलाई नमन गरेको थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ