arrow

जनयुद्धका शहीद परिवारलाई १० लाख मैले नै दिएको थिएँ, थप पाँच लाख पनि मै दिन्छु

logo
प्रकाशित २०७३ साउन ३२ मंगलबार
PM-dahal-bepatta-pariwar.jpg.jpeg
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्दै शहीद तथा बेपत्ता योद्धा परिवारलाई राहत दिन तयार रहेको बताएका छन् । 
 
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार शहीद तथा बेपत्ता परिवारसंग सामूहिक भेट गर्दै दाहालले भने, ‘जनयुद्धका शहीदहरुलाई राज्यबाट शहीद घोषणा गर्ने र १० लाख दिने निर्णय म पहिलोपटक प्रधानमन्त्री हुँदा गरेको पहिलो निर्णय थियो । अहिले दोस्रो पटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि बाँकी ५ लाख दिने पहिलो निर्णय गरेको छु । शहीद तथा बेपत्ता योद्धा परिवारप्रति अहिलेको समयमा राज्यले के गर्न सक्छ, त्यसमा गर्न सकिने अधिकतम् प्रयास गर्नेछु ।’
 
प्रधानमन्त्रीले थपे, ‘मेरै नेतृत्वमा जनयुद्ध भयो, त्यति ठूलो बलिदान भयो, मैले आफूलाई त्यसबाट अलग राख्न सक्दिनँ । तपाईंहरुको पीडामा मल्हमपट्टी लगाउन र शान्ति प्रक्रियाका बाँकी काम सफल पार्न प्रयास हुन्छ, यसमा मलाई तपाईहरुको साथ र सहयोग रहने विश्वास लिएको छु ।’
 
भेटमा शहीद तथा बेपत्ता योद्धाका परिवारहरुले बेपत्ताहरुको अवस्था सार्वजनिक गर्न, जनयुद्धका शहीदहरुलाई राष्ट्रिय शहीद घोषणा गर्न, शहीद परिचय पत्रको व्यवस्था गर्न, शान्ति प्रक्रियाका बाँकी कामहरु टुंगो लगाउन प्रधानमन्त्रीसँग अनुरोध गरे ।
 
प्रधानमन्त्री दाहालले द्वन्द्वकालिन घटनामा चरम मानव अधिकार उल्लंघन गर्नेलाई आम माफी नहुने बताएकै भोली पल्ट शहीद र बेपत्ता योद्धाका परिवारसंग यस्तो बाचा गरेका हुन् । यद्यपि, दाहालले शहीद र बेपत्ताका परिवारलाई उपेक्षा गर्दै आएको सर्वत्र गुनासो छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ