arrow

एमालेको चरम विकृति, भ्रष्टाचार र अनियमितता रोक्न गठबन्धन –माधव थामी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २० मंगलबार
madhav-thami.jpg

दोलखा । भिमेश्वर नगरपालिका १ का वडाध्यक्षका उम्मेदवार माधव थामीले नेकपा एमालेको चरम विकृति, भष्टाचार र अनियमितता रोक्नका लागि चुनावी गठबन्धन गर्नुपरेको बताएका छन् । 

नेपाली कांग्रेसका तर्फबाट उम्मेदवारी दिएका थामीले वर्षौंदेखि आफ्नो गाउँमा तानाशाही प्रवृत्ति रहेकाले उक्त प्रवृत्ति तोडेर सुशासन र भ्रष्टाचारमुक्त समाज बनाउन पनि गठबन्धन गर्नुपरेको स्पष्ट पारेका हुन् । 

उनले भने, ‘तीसौं वर्षदेखि तानाशाही प्रवृत्ति जस्तो छ हाम्रो गाउँमा त्यसको विरुद्ध सबै जना लागिपरेका छन् । युवा, वृद्धवृद्धादेखि महिलासम्म सबै लागिपरेका छन् । यसपालि चलिआएको तानाशाही प्रवृत्ति तोड्न सम्भव छ । यसकै लागि हाम्रो माओवादी केन्द्रसँग गठबन्धन भएको छ ।’  

उनी जित जरुरी नै रहेको भन्दै अगाडि भन्छन्, ‘एमालेको अधिनायकवाद यहाँ रहिरहेकाले पनि यसलाई तोड्न जरुरी रहेको छ । उनीहरुले विरासत भनिरहेका छन् । पुराना र अधुरा आयोजना पूरा गर्नका लागि मत मागिरहेका छन् । तर हाम्रो कुरा के हो भने ३०–३५ वर्षसम्म चलाएको अधिनायकवादी कर्मलाई तोड्न र उनीहरुको उपभोक्ता हितको नाममा गरिएका चरम विकृति, भ्रष्टाचार र अनियमितताको विरुद्ध लड्नका लागि गठबन्धन गरेका छौं ।’  

त्यहाँ १५४० मतदाता थामी समुदायका छन् । पिछडिएको बर्ग नै थामी भएकाले गर्दा पनि त्यो बर्गबाट आउने मतसमेत जितको आधार रहेको उनको दाबी छ । 

उक्त क्षेत्रमा अहिलेसम्म एमालेले जित्दै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ