arrow

हाइड्रो पावर इन्जिनियरिङको पठन पाठन सुरु गरिने

logo
प्रकाशित २०७३ साउन ३२ मंगलबार
mid-western-university.jpg.jpeg
काठमाडौँ। मध्यपश्चिमाञ्चल विश्वविद्यालयले नेपालमा पहिलो पटक हाइड्रो पावर इन्जिनियरिङको पठन पाठन सुरु गर्ने भएको छ ।
 
विश्वविद्यालयले आगामी कात्तिक २६ गतेदेखि केन्द्रीय कार्यालय सुर्खेतबाट अध्ययन अध्यापन सुरु गराउने जनाएको छ । त्यसका लागि आगामी भदौ ८ गतेदेखि फारम वितरण ११ गते काठमाडौँ तथा सुर्खेतबाट प्रवेश परीक्षा लिइने छ । स्नातक तहमा ४८ जनालाई अध्ययन गराउने व्यवस्था गरिएको 
छ ।
 
रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै विश्वविद्यालयले उक्त कुरा जनाएको हो । कार्यक्रममा बोल्दै विश्वविद्यालयलका उपकुलपति प्रा.डा. उपेन्द्र कुमार कोइरालाले नेपालमा हाइड्रो पावरको प्रचुर सम्भावना रहेको भए पनि सो विषयमा अहिलेसम्म अध्ययन हुन नसकेकाले प्राविधिक जनशक्तिको अभाव रहेकाले पढाई सुरु गर्न लागिएको जनाए ।
 
त्यस्तै विश्विद्यालयका इन्जिनियरिङ सङ्कायका डिन ई. अनन्तराज घिमिरेले चालु आवबाट हाइड्रो पावर इन्जिनियरिङको पढाई सुरु गरिएको भए पनि आगामी दिनमा त्यस विषयमा स्नातकोत्तरको समेत अध्यापन गराईने बताए । 
 
विज्ञ रामचन्द्र अर्यालले त्यस विषयको अध्ययनले प्राविधिक क्षेत्रमा सवल र सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।विसं २०६७ मा स्थापना भएको  विश्वविद्यालयबाट मानविकी, व्यवस्थापन, विज्ञान तथा प्रविधि, शिक्षा र इन्जिनियरिङको पढाई भने हुँदै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ