arrow

मुसाले पनि दिए नेविसंघको अध्यक्षमा उम्मेदवारी

logo
प्रकाशित २०७३ साउन ३२ मंगलबार
muso.jpg.jpeg
काठमाडौं । नेपाल विद्यार्थी सङ्घको अध्यक्षका लागि वचन कार्की मुसाले  उम्मेद्धवारी दर्ता गरेका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर मुसाले आफूले अध्यक्षमा उम्मेद्धवारी दिएको जानकारी दिएका हुन् । उनले आफू अध्यक्षको अहिलेसम्मकै कान्छो उम्मेद्धवार भएको समेत दाबी गरे । नेविसंघलाई युवा नेतृत्वको खाँचो रहेकोले नै आफूले उम्मेद्धवारी दिएको कार्कीले प्रष्ट पारे । कार्की विरेन्द्र बहुमुखी क्याम्पसका इकाई अध्यक्ष हुन् ।
 
पत्रकार सम्मेनलमा अनिल अधिकारीले आफूले प्रदेश नम्बर ३ बाट सह–महामन्त्रीमा उम्मेद्धवारी दिएको जनाए । अधिकारी त्रिविका क्रिकेट संघका अध्यक्ष हुन् । अधिकारीले आफूले क्रिकेट क्षेत्रको विकास र प्रर्वद्धनको लागि उल्लेखनीय योगदान पुर्‍याएको जिकिर गरे । 
 
अधिकारी सार्कस्तरीय खुल्ला हाजिरी जवाफ प्रतियोगिताका स्वर्ण पदक विजेता समेत हुन् । उक्त प्रतियोगिताका लागि उनले त्रिचन्द्र कलेजबाट प्रतिनिधित्व गरेका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ