arrow

प्रचण्डलाई बाबुरामको सुझाव–भूकम्प पीडितलाई घर बनाउन पाँच लाख देऊ

संसदबाट अधिकार सम्पन्न प्राधिकरण बनाउनु पर्‍याे

logo
प्रकाशित २०७३ साउन ३२ मंगलबार
baburam-bhattrai-jpg.jpg.jpeg
गोरखा । नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले सरकार र प्राधिकरणप्रति तीब्र असन्तुष्टि जनाएका छन् । गृह जिल्ला गोरखा पुगेका भट्टराईले बारपाकलाई केन्द्र बनाएर भूकम्प गएको १५ महिना हुँदा समेत पुनःनिर्माणको काम सुरु नभएकामा असन्तुष्टी जनाएका हुन् । 
 
‘गोरखा पुनःनिर्माणः सम्भावना र चुनौती’ विषयको अन्तक्र्रियामा भट्टराईले भूकम्पपीडितलाई घर बनाउने प्रयोजनका लागि दुई लाख रुपैयाँको सट्टा  पाँच लाखका दरले अनुदान रकम वितरण गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘दुई लाख अनुदानले घर बन्छ ? ।’
 
‘पचास थरिका शर्त राखेर दिएको दुई लाख अनुदानले घर बन्दैन’ । भट्टराईले थपे, ‘पाँच लाखका दरले अनुदान दिने र न्यूनतम ब्याजमा ऋण दिने व्यवस्था गरियो भने मात्रै भूकम्पपीडितले भूकम्प प्रतिरोधी घर बनाउँछन् । सरकारले ५० हजारका दरले किस्ताबन्दीमा दिएको राहतले घर बनाउने सामग्री ढुवानी गर्न र जगखन्न समेत पुग्दैन ।’ सरकारले यस विषयमा सोच्नु पर्दछ । 
 
यस्तै, भट्टराईले संसद्बाटै अधिकारसम्पन्न प्राधिकरण बनाउन सरकारलाई सुझाव समेत दिएका छन् । उनले भने, ‘यो प्राधिकरणको काम गतिशील भएन । संसदले अधिकार सम्पन्न प्राधिकरण बनाइदिनु पर्दछ ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ